‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई « Khabarhub

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले लोकतान्त्रिक प्रणालीको सुदृढीकरणबाट मुलुकमा समृद्धि हासिल हुने बताएका छन्‌ ।

पार्टी केन्द्रीय महाधिवेशन आयोजक समितिद्वारा आज विराटनगरमा आयोजित  नागरिक संवाद तथा चियापान कार्यक्रम–२०८१ मा उनले निर्वाचित जनप्रतिधिनिलाई जनताले प्रत्यक्ष निगरानी, राजनीतिक स्थिरता, दलको नेतृत्व राम्रो भएमा सङ्घीय गणतन्त्र सृदृढ हुनुका साथै जनता एवं मुलुकमा समृद्धि कायम हुने धारणा राखेका हुन्‌ ।

भट्टराईले विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न संविधानमा रहेका केही कमीकमजोरीलाई सहमतिको आधारमा संशोधन गरी पूर्णता दिनुपर्नेमा जोड दिए । उनले सरकारले प्राविधिक शिक्षालाई प्राथमिकता राख्नुपर्छ भन्दै यसबाट मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन हुनका साथै विदेशी मुद्राको आर्जन गर्न सकिने विचार राखे ।

अध्यक्ष भट्टराईले वर्तमान अवस्थामा युवायुवतीको वैदेशिक अध्ययन र कामका लागि पलायन हुने मोह गम्भीर विषय रहेको भन्दै उनीहरुको देश र समाजप्रतिको अविश्वासलाई विश्वासमा परिणत गराउन राजनीतिक दल, नागरिक समाजलगायत हामी सबै लाग्नुपर्ने आवश्यकता औँल्याए ।

राष्ट्रिय सहमतिका आधारमा छिमेक मित्रराष्ट्र भारतसँग कृषि, विद्युत्‌ लगायतका अन्य क्षेत्रका समस्या समाधान गर्न गम्भीररुपमा छलफल गरी मुलुकको चुलिँदै गएको व्यापार घाटा कम गर्नुपर्नेमा भट्टराईको जोड थियो ।

उनले मुलुकमा आर्थिक चलायमान गर्न कृषिमा आश्रित जनसङ्ख्यालाई सेवा क्षेत्रमा परिचालन गरेमा औद्योगिक उत्पादनको खपत वृद्धि हुुनुका साथै उद्योग स्थापनामा स्वदेशी तथा विदेशी लगानी आउने विश्वास व्यक्त गरे ।

बैंकिङ क्षेत्रले औद्योगिक एवं पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने जनाउँदै वित्तीय संस्था एवं बैंकबाट लिएको ऋण नतिर्न अफवाह फैलाउनेलाई ऐन, नियमअनुसार कारबाही गर्र्नुपर्ने सुझाव भट्टराईले सुझाव दिए ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १० : ०४ बजे

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री

भोटेकोशी बाढीपछि चीनतर्फ पनि ठूलो क्षति, उद्धारमा जुट्यो चिनियाँ सेना

काठमाडौँ – नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले नेपालतर्फ

रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

काठमाडौँ – रसुवा जिल्लामा आएको विनाशकारी बाढी र पहिरोपछि ठूलो

बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार

आईएफआरसीद्वारा बाढी प्रभावितलाई तत्काल १९ करोड सहयोग घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको