कांग्रेस सदैव मजदुरको हकहितमा : देउवा | Khabarhub Khabarhub

कांग्रेस सदैव मजदुरको हकहितमा : देउवा


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई समाधान गरेर श्रमिक वर्गको हक र हितको संरक्षण र सम्वर्द्धन गर्न नेपाली कांग्रेस सदैव क्रियाशील रहेको बताएका छन् ।

मजदुर दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले सुशासनका माध्यमबाट आफ्नो आर्जनको सुरक्षा, अनुकूल सामाजिक वातावरण, उचित ज्याला एवं पारिश्रमिक, भयरहित, शान्त र सुरक्षित अवस्थाको सिर्जना गर्न कांग्रेस क्रियाशील रहेको उल्लेख गरेका छन् ।

सभापति देउवाले विसंं २००३ सालमा कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदुरको पहिलो ऐतिहासिक आन्दोलन गरेको उल्लेख गर्दै तत्कालीन सरकारले त्यो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बीपी कोइरालालगायत धेरै नेताहरुलाई पक्राउ गरेको स्मरण गरेका छन् ।

नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ सालको ऐतिहासिक जनक्रान्तिको प्रस्थानविन्दु त्यही मजदुर आन्दोलन भएको उल्लेख गर्दै देउवाले कांग्रेस र मजदुर सधैँ एक अर्कामा सहयोगी भएको कुरा उल्लेख गरेका छन् ।

विसं २०१६ मा कांग्रेसको जननिर्वाचित सरकारले नै कारखाना र मजदुरसम्बन्धी कानुनको तर्जुमा गरेर, मजदुरलाई कानुनसम्मत अधिकार प्रदान गरेको देउवाको भनाइ छ ।

सभापति देउवाले आज पनि नेपालका श्रमजीवीहरूले अनेक समस्या बेहोरिरहनुपरेको उल्लेख गर्दै यो ऐतिहासिक दिनमा नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ७ : ४५ बजे

शंकर पोखरेलसँग फेसबुक जुहारीमा उत्रिए गृहमन्त्री अर्याल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र गृहमन्त्री ओमप्रकाश

गायिका नितु पौडेलको निधन

काठमाडौं- गायिका नितु पौडेलको निधन भएको छ । कीर्तिपुरस्थित बर्न

स्टुडियोमै जलेर गम्भीर घाइते गायिका नितुको निधन

काठमाडौं– शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको

सहिदको रगत नबिर्स भन्दै सडकमा जेन-जी (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि

बस चल्न थालेपछि जग्गादाता खुसी

गलकोट– लहलह धान झुल्ने खेतमा बसपार्क बनाउन दिएको जग्गा २४