कांग्रेस सदैव मजदुरको हकहितमा : देउवा « Khabarhub

कांग्रेस सदैव मजदुरको हकहितमा : देउवा


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई समाधान गरेर श्रमिक वर्गको हक र हितको संरक्षण र सम्वर्द्धन गर्न नेपाली कांग्रेस सदैव क्रियाशील रहेको बताएका छन् ।

मजदुर दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले सुशासनका माध्यमबाट आफ्नो आर्जनको सुरक्षा, अनुकूल सामाजिक वातावरण, उचित ज्याला एवं पारिश्रमिक, भयरहित, शान्त र सुरक्षित अवस्थाको सिर्जना गर्न कांग्रेस क्रियाशील रहेको उल्लेख गरेका छन् ।

सभापति देउवाले विसंं २००३ सालमा कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदुरको पहिलो ऐतिहासिक आन्दोलन गरेको उल्लेख गर्दै तत्कालीन सरकारले त्यो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बीपी कोइरालालगायत धेरै नेताहरुलाई पक्राउ गरेको स्मरण गरेका छन् ।

नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ सालको ऐतिहासिक जनक्रान्तिको प्रस्थानविन्दु त्यही मजदुर आन्दोलन भएको उल्लेख गर्दै देउवाले कांग्रेस र मजदुर सधैँ एक अर्कामा सहयोगी भएको कुरा उल्लेख गरेका छन् ।

विसं २०१६ मा कांग्रेसको जननिर्वाचित सरकारले नै कारखाना र मजदुरसम्बन्धी कानुनको तर्जुमा गरेर, मजदुरलाई कानुनसम्मत अधिकार प्रदान गरेको देउवाको भनाइ छ ।

सभापति देउवाले आज पनि नेपालका श्रमजीवीहरूले अनेक समस्या बेहोरिरहनुपरेको उल्लेख गर्दै यो ऐतिहासिक दिनमा नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ७ : ४५ बजे

सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध

हुम्ला – हुम्लाको सर्केगाड गाउँपालिका वडा नं १ खच्चा क्षेत्रमा

आईपीएल : वैभव सूर्यवंशीले ३६ बलमै पूरा गरे शतक

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा सनराइजर्स

आईपीएल : बल समात्ने क्रममा लुंगी एङ्गिडी घाइते, खेल १५ मिनेट रोकियो

काठमाडौं – भारतमा जारी इन्डियन प्रिमियर लिग अन्तर्गत दिल्ली र

‘युट्युब’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण

म्याग्दी – यहाँको मालिका गाउँपालिका–५ देवीस्थानकी अस्मिता सिउथानी कपडाको डिजाइन

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडाैं । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै