आगलागीबाट दुई करोड २६ लाखको क्षति | Khabarhub Khabarhub

आगलागीबाट दुई करोड २६ लाखको क्षति


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-४ स्थित सानोपोटा गाउँमा मङ्गलबार दिउँसो भएको आगलागीमा परी १५ घर नष्ट हुँदा  दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको छ । बस्ती नजिकै रहेको सामुदायिक वनमा लागेको आगलागीबाट सानोपोटा गाउँमा क्षति पुगेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आगलागीबाट १५ घर, सात गोठ र चार शौचालय नष्ट भएको छ । आगलागीबाट रोशी–४ सानोपोटा बस्ने वर्ष ४२ वर्षीय प्रेम तामाङ, जनक तामाङ, रामबहादुर तामाङ, सत्यलाल तामाङ, तीर्थलाल तामाङ, धनकाजी तामाङ, पदमबहादुर तामाङ, प्रशान्त थिङ तामाङ, माया तामाङ, पलबहादुर तामाङ र साइली माया तामाङका घर, गोठ, नगद, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा  र सरसामान नष्ट भएको प्रहरीले जनाएको छ ।

वडा नं ४ का वडाध्यक्ष तेजबहादुर मगरका अनुसार घर नष्ट भएपछि पीडितहरु खुल्ला आकाशमुनि बस्दै आएका छन् । उनहरुको बसाइ व्यवस्थापनका लागि गाउँपालिकाबाट त्रिपाललगायत सामान ल्याउने क्रममा रहेको उनले बताए। आगलागी भएको जानकारी पाएपछि नेपाली सेना, स्थानीय बासिन्दा र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १२ : ५६ बजे

रुसमा ८.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

मस्को – रुसमा ८.७ म्यागिनच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि

अविरल वर्षाले रसुवागढी सडक अवरुद्ध

काठमाडौं – गएराति देखिको अविरल वर्षाले रसुवागढी पुग्ने सडक अवरुद्ध

सुनकोशी मरिन डाइभर्सनको काम सुस्त (तस्बिरहरू)

काठमाडौं– मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब

ट्रम्पका लागि समस्या बन्दै गाजा र युक्रेन

निजी ल फर्मलाई आफू अनुकूल चल्न बाध्य पार्नु, आप्रवासीमाथि कठोर

आठ करोड ३२ लाखमा इलाका प्रशासन भवन निर्माण

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाको दिङ्लामा आठ करोड ३२ लाख लागतमा