सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण पत्रकारिताको धर्म : प्रदेश प्रमुख भट्ट « Khabarhub

सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण पत्रकारिताको धर्म : प्रदेश प्रमुख भट्ट


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव अनुकरणीय रहेको बताएका छन्।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको चौथो वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले लोकतन्त्र, गणतन्त्र स्थापना एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकारिता जगतले खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गरे ।

विश्वव्यापी आर्थिक संकटको संवेदनशील घडीमा सञ्चारजगत् र पत्रकारिता पेसालाई पारेको असरबारे आफू जानकार रहेको प्रदेश प्रमुख भट्टले बताए। उनले आर्थिक संकटले सञ्चार संस्थाहरूको दिगोपनामा समस्या पार्ने खतरा देखा परिसकेको तथा नेपाली पत्रकारको पेसागत असुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या रहेको उल्लेख गरे।

नेपाली सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक सहकार्य गर्ने वातावरण आवश्यक रहेको उनले बताए। प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सृजना भएको उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले डिजिटल मिडियाको अत्यधिक सदुपयोग गर्दै पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्ने दिशामा पत्रकार स्वयं क्रियाशील हुनेमा विश्वस्त रहेको बताए । 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पत्रकारिता क्षेत्रको विकास र सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि महानगर प्रतिबद्ध रहेको बताए। सञ्चार क्षेत्रले आफूलाई एकताबद्ध बनाउँदै नागरिक अधिकार स्थापित गर्नका लागि काम गर्नुपर्नेमा उनले जोड दिए।

प्रेस स्वतन्त्रता सेनानी विश्वबन्धु भण्डारीले पत्रकारिता क्षेत्रमा देखिएका चुनौतीलाई समाधान गर्नका लागि सरकारले अग्रसरता लिनुपर्ने बताए।  

सो अवसरमा प्रदेश समितिका संस्थापक अध्यक्ष स्व त्रिभुवन पौडेलका धर्मपत्नी प्रतिभा अधिकारी र पत्रकार महासङ्घ म्याग्दी शाखालाई उत्कृष्ट शाखाबाट सम्मान गरिएको थियो । 

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  २ : २६ बजे

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ

दक्षिण कोरियाले भन्यो- हाइपरसोनिक क्षेप्यास्त्रमा तापप्रतिरोधी प्रविधि प्रयोग गरिएको छ

सियोल – दक्षिण कोरियाली सेनाले आफ्नो स्वदेशी हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणबारे उत्तर कोरियाले

आलोचनापछि मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना रोके ट्रम्पले

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हानेर मृत्युदण्ड

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज