नेपालका ५ दललाई भाजपाको निम्तो, जनमतलाई डाक्दा अरु मधेसवादी परेनन् | Khabarhub Khabarhub

नेपालका ५ दललाई भाजपाको निम्तो, जनमतलाई डाक्दा अरु मधेसवादी परेनन्


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय जनता पार्टीले जारी लोकसभाका लागि जारी चुनावी अभियान हेर्न नेपालका ५ दललाई निम्तो पठाएको छ ।

भाजपाले नेपालका ५ वटा दलहरूसहित विश्वका १८ दलका नेताहरूलाई चुनावी अभियान हेर्न निम्तो पठाएको हो । निम्तो पाएका दलका नेताहरू बुधबार नै दिल्ली पुग्दैछन् ।

भाजपाले नेपालबाट नेपाली कांग्रेस र नेकपा एमालेसहित बंगलादेशबाट शेख हसिनाको पार्टी अवामी लिग र रसियन राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीलाई पनि निम्तो पठाएको छ ।

भाजपाले ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत ‘नो बिजेपी’ अर्थात् भाजपाबारे बुझाउन १८ दलका नेताहरूलाई दिल्ली बोलाइएको हो । भाजपाका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले बुधबार विज्ञप्ति निकालेर नेपालसहित विश्वका १८ दललाई चुनावी अभियान हेर्न बोलाइएको जानकारी दिएका छन् ।

भाजपाको निम्तो पाउनेमा ५ वटा नेपाली दलहरू रहेका छन् । जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी रहेका छन् । नेपालबाट जाने टोलीलाई भाजपा मुख्यालयमा उक्त पार्टीका अध्यक्ष जेपी नड्डाले बुधबार स्वागत गर्दैछन् ।

नेपालबाट नेपाली कांग्रेसका नेता उदय शमसेर जबरा, एमाले उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रका नेता मातृका यादव, रास्वपाका शिशिर खनाल र जनमत पार्टीका डा. जयकान्त राउत भारत जाँदैछन् ।

भाजपाले डा. सीके राउत नेतृत्वको जनमतलाई बोलाए पनि अन्य मधेसवादी दललाई निम्तो दिएको छैन । भाजपाले उपेन्द्र यादव नेतृत्वको जसपा र महन्थ ठाकुर नेतृत्वको लोसपालाई प्राथमिकता नदिई सीके नेतृत्वको जनमतलाई दिल्लीमा स्वागत गर्न लागेको हो ।

भाजपाको निम्तोमा दिल्ली पुग्ने दलका नेताहरूले भारतीय विदेश मन्त्री एस. जयशंकरसँग पनि संवाद गर्ने भएका छन् । यो टोलीले त्यहाँ रेलवे मन्त्री अश्विनी बैष्णवसँग पनि भेट गर्ने भाजपाले उल्लेख गरेको छ ।

भाजपाले आफ्नो चुनावी अभियान देखाउनुका साथै प्रचार रणनीति र तिनका विधिबारे पनि जानकारी दिने भएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ३ : २८ बजे

पाँच सय विद्यार्थीलाई न्यानो कपडा वितरण

भोजपुर– भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका पाँच सय विद्यार्थीलाई

शरद भेषावकरलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं – नेपाली क्रिकेटका हस्ती शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

स्पेनिस ला लिगा : स्प्यान्योलमाथि भिल्लारियलको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलले स्प्यान्योललाई हराएको छ ।

इंग्लिस प्रिमियर लिग : उल्भ्सविरुद्ध चेल्सीको सानदार जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सानदार जित निकालेको छ

आठवर्षसम्म पाएन मङ्गलाले प्रशासकीय भवन बनाउन निःशुल्क जग्गादाता

म्याग्दी- म्याग्दीको मङ्गला गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने योजना स्थापनाको