नेपाल र भुटानबीच पर्यटन, ऊर्जा र कृषि विकास साझेदारीबारे छलफल « Khabarhub

नेपाल र भुटानबीच पर्यटन, ऊर्जा र कृषि विकास साझेदारीबारे छलफल


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेबीच भेटवार्ता भएको छ ।

भेटवार्ता क्रममा दुई देशबीच पर्यटन, ऊर्जा र कृषि विकासका अनुभव आदानप्रदान गर्ने तथा द्विपक्षीय सहकार्य विषयमा छलफल भएको श्रेष्ठको सचिवालयले जानकारी दिएको छ । भुटानी प्रधानमन्त्री तोग्बेले नेपालले तयार गर्दै गरेको सोह्रौं योजनाबारे पनि चासो राखेका बताइएको छ ।

आयोग उपाध्यक्ष श्रेष्ठ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को ५५औं गभर्नर अफ बोर्ड बैठकमा भाग लिन मंगलबार थिम्पु पुगेका थिए ।

इसिमोडको बोर्ड सदस्यमा नेपालसहित चीन, अफगानिस्तान, बंगलादेश, भुटान, भारत, म्यानमार र पाकिस्तान छन् । बोर्ड अफ गभर्नर बैठकले २०२३ को वार्षिक प्रगति समीक्षा र २०२५/२६ को बजेट तथा कार्यक्रमलाई अन्तिम रूप दिनेछ ।

८ देश सदस्य रहेको इसिमोडको प्रधान कार्यालय काठमाडौंमा छ । श्रेष्ठ आजै काठमाडौं फर्कनेछन्‌ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ४ : ३३ बजे

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट, स्पेनका रोड्रि बने सर्वोत्कृष्ट खेलाडी

काठमाडौँ – सोमबार बिहान सम्पन्न फिफा विश्वकप २०२६ को फाइनल

फिफा विश्वकप २०२६: स्पेनको ऐतिहासिक जितसँगै जोडिएका तीन रोचक तथ्यांक

काठमाडौँ – निक्कै प्रतिस्पर्धात्मक तर केही खिन्न मानिएको फिफा विश्वकप

आज २०८३ साल साउन ४ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ४ गते सोमबार सन् २०२६

अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं – साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले

विश्वकप २०२६ फाइनल: पहिलो हाफ गोलरहित, स्पेनको दबाब, अर्जेन्टिनालाई मार्टिनेजको चोट

न्यु जर्सी– फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिनाबीचको