गाजामा युद्धविराम स्थायी हुनुपर्नेमा हमासका अधिकारीको जोड « Khabarhub

गाजामा युद्धविराम स्थायी हुनुपर्नेमा हमासका अधिकारीको जोड


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

प्यालेस्टिन – प्यालेस्टिनी लडाकू समूह हमासका एक अधिकारीले गाजाका लागि इजराइलको युद्धविराम प्रस्तावको ‘अत्यन्त कम समयभित्र’ प्रतिक्रिया दिने बताएका छन् । यद्यपि उनले कुनै पनि युद्धविराम स्थायी हुनुपर्नेमा जोड दिए। 

हमासले ४० दिनको युद्धविराम तथा बन्धकहरू र ठूलो सङ्ख्यामा प्यालेस्टिनी कैदीहरूको आदानप्रदान योजनाबारे विचार गरिरहेको छ । हमासका एक वरिष्ठ अधिकारी सुहेल अल–हिन्दीले ‘अत्यन्त कम समयभित्र समूहले आफ्नो प्रतिक्रिया दिने’ बताए। यद्यपि उनले त्यो कहिले हुने अपेक्षा गरिएको छ भन्नेबारे केही बताएनन् । 

अज्ञात स्थानबाट फोनमार्फत एएफपीसँग कुरा गर्दै उनले कायरोमा वार्ताबाट कतारमा आफ्नो बेसमा फर्केका हमासका दूतहरूले कुनै प्रगति भएको महसुस गरे वा गरेनन् भन्न हतार हुने बताए। उनले यसको उद्देश्य ‘यो युद्धलाई समाप्त गर्नु’ रहेकामा जोड दिए। 

यद्यपि यो दक्षिणी गाजामा आफ्नो विशाल स्थल आक्रमणलाई अगाडि बढाउने इजराइलको दृढ संकल्पसँग बाझिएको जस्तो देखिन्छ । वार्ताको जानकार भएको एक स्रोतले कतारी मध्यस्थकर्ताहरूले एक वा दुई दिनमा हमासको प्रतिक्रिया आउने अपेक्षा गरेको बताएको छ । 

स्रोतका अनुसार इजराइलको प्रस्तावमा ‘वास्तविक सुविधाहरू’ समावेश छन् । यसमा युद्धमा प्रारम्भिक विराम र बन्धक तथा कैदीहरूको आदानप्रदानपछि ‘दिगो शान्ति’ को अवधि समावेश गरिएको छ । स्रोतले गाजा क्षेत्रबाट इजरायलको फिर्तीको विवाद सम्भावित मुद्दा बनेको बताएको छ । 

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ७ : ४५ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको