आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै « Khabarhub

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज आइपिएलमा मुम्बई इण्डियन्सकोलकोता नाइट राइडर्सबीच खेल हुँदै छ । मुम्बईस्थित वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा मुम्बई इण्डियन्सले खराब प्रदर्शन गरेको छ । मुम्बईले  अहिलेसम्म १० खेलमा केवल ३ जित हासिल गरेको छ भने ७ खेलमा हार बेहोरेको छ । मुम्बई अहिले अंक तालिकामा नवौँ स्थानमा रहेको छ । मुम्बईको अब प्लेअफमा पुग्ने सम्भावना लगभग सकिएको छ ।

त्यस्तै कोलकोता नाइट राइडर्सले भने यस सिजनमा अहिलेसम्म ९ खेलमा ६ खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ ।  कोलकोता १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो शुरुवात गर्न सकेको छैन । मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ । त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस, रोमारियो शेफार्ड जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ । 

त्यस्तै कोलकोता श्रेयस अय्यरको कप्तानीमा आइपिएल खेल्दै छ । कोलकोताका लागि यस सिजनमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ । विवादपछि भारतीय क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका श्रेयसले आइपिएलको प्रदर्शनबाट बोर्डलाई जवाफ दिने प्रयास गर्ने छन् । त्यस्तै उनी बाहेक गत आइपिएलबाट उदाएका रिंकु सिंह, नितिश राना जस्ता भारतीय खेलाडी कोलकोताका लागि महत्वपूर्ण हुनसक्छन् ।

त्यस्तै फिल साल्ट, सुनिल नारान, आन्द्रे रसेल, रह्मुनुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ । कोलकोताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ । गत सिजनमा कोलकोता सातौं स्थानमा आएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ८ : १२ बजे

गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो

जनकपुरधाम– गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंशविरुद्धको औषधि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै

बागमती– बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा