बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा  « Khabarhub

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता तथा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि आज दोलखामा भेला हुँदै छन्।

 नेपाली कांग्रेस बागमती प्रदेश समितिले आयोजना गरेको प्रदेश स्तरीय पार्टी र जनप्रतिनिधि विषयक दुई दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रदेश भित्रका नेता तथा जनप्रतिनिधि दोलखामा जम्मा भएका हुन्।

नेपाली कांग्रेसका केन्द्रिय उपसभापति एवं केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख  पूर्णबहादुर खड्का र  कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले सम्बोधन तथा उद्घाटन गर्ने उक्त प्रशिक्षण कार्यक्रमको लागि पूर्व उपप्रधान तथा रक्षामन्त्री समेत बनिसकेका कांग्रेस उपसभापति खड्का बिहीबारनै दोलखा आइसकेको नेपाली कांग्रेस दोलखाका पार्टी सभापति बर्मा लामाले जानकारी दिए।

नेपाली कांग्रेसको व्यवस्थापन सदरमुकाम चरिकोटको होटल एम्ब्रोसियामा सञ्चालन हुने कार्यक्रम दोलखा सहित बागमती प्रदेश भित्रका करिब दुई सय जना कांग्रेस नेता तथा जिल्ला पार्टी प्रतिनिधि, प्रदेश प्रतिनिधि, प्रतिनिधि सभा प्रतिनिधि, प्रदेश सभा प्रतिनिधि र स्थानीय तहका प्रमुख तथा उपप्रमुख लगायतका जनप्रतिनिधिहरूको सहभागी रहने कांग्रेस दोलखाका सभापति लामाले बताए। 

कार्यक्रममा दोलखाका बाहेक जिल्लाहरू रामेछापबाट ११ जना, काठमाडौँबाट २१ जना, भक्तपुरबाट ६ जना, ललितपुरबाट १४ जना, काभ्रेपलान्चोकबाट १६, मकवानपुरबाट ११, चितवनबाट १०, सिन्धुपाल्चोकबाट १७, नुवाकोटबाट १२, धादिङबाट १८, रसुवाबाट ७ र सिन्धुलीबाट १० जना प्रतिनिधि प्रशिक्षण कार्यक्रम सहभागी हुन दोलखा आउँदै छन्।

प्रशिक्षण कार्यक्रमको उद्घाटन आज दिउँसो २ बजेट उद्घाटन हुने छ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ८ : २७ बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा