झापामा हात्तीपाइले विरुद्धको औषधी खाएकी एक वृद्धाको मृत्यु | Khabarhub Khabarhub

झापामा हात्तीपाइले विरुद्धको औषधी खाएकी एक वृद्धाको मृत्यु


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17.8k
Shares
  • change font
  • change font
  • change font

झापा-  झापामा हात्तीपाइले रोगविरुद्धको औषधी खाएपछि एक जना वृद्धाको मृत्यु भएको छ ।

जिल्लाको भद्रपुर नगरपालिका १ का ६५ वर्षीया महिलाको हात्तीपाइले विरुद्धको औषधी सेवन गरेपछि स्वास्थ्यमा समस्या आएको थियो । बिहीबार उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

अहिले मृतकको शव पोस्टमाटमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको बताइएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने हात्तीपाइले विरुद्धको औषधी सेवनकै कारण बिरामीको मृत्यु भएको वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषय अहिलेसम्म पुष्टि नभएको जनाएको छ ।

उक्त घटना बाहिरिएलगत्तै  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा टंक बाराकोटीको सहितको टिम अनुसन्धान गर्न झापा पुगेको बताइएको छ । स्वास्थ्य मन्त्रालयले गत आइतबार झापासहित ७ वटा जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउन सुरु गरेको थियो ।

 

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ३ : २९ बजे

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध