६ जना सचिवको सरुवा गर्ने मन्त्रिपरिषद्‌‌को निर्णय « Khabarhub

६ जना सचिवको सरुवा गर्ने मन्त्रिपरिषद्‌‌को निर्णय


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले ६ जना सचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

बैठकले सचिव दीपक काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेलाई सरुवा गर्ने निर्णय गरेको छ।

यस्तै लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालयमा ल्याइएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराललाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको पशुपंक्षी विकास सचिवका रुपमा सरुवा गरिएको छ । मन्त्रिपरिषद्‌ले पशुपंक्षीका रेवतीरमण पौडेललाई कृषि विकास सचिवको जिम्मा दिने निर्णय गरेको छ ।

यसैगरी कृषि सचिव गोविन्दप्रसाद शर्मालाई वन मन्त्रालयमा सरुवा गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ४ : ४० बजे

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट