विश्व बैंकको १३ अर्ब १३ करोड ऋण स्वीकार गर्ने सरकारको निर्णय | Khabarhub Khabarhub

विश्व बैंकको १३ अर्ब १३ करोड ऋण स्वीकार गर्ने सरकारको निर्णय


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले विश्व बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर करिब १३ अर्ब ३३ करोड रुपैयाँ बराबरको सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त परिमाणको सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शुक्रबार जानकारी दिइन् ।

यस्तै बैठकले सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहयोगको क्षेत्रमा सम्पन्न हुने सहझादारीपत्र स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

उक्त समझदारीपत्रमा हस्ताक्षर गर्न सर्वोच्च अदालतका मुख्य रजिष्टार वा रजिष्टारलाई स्वीकृति दिने निर्णय गरेको प्रवक्ता शर्माले बताएकी छन् ।

त्यस्तै बैठकले राष्ट्रिय सूचना प्रविधि विकास समिती गठन आदेश २०५८ खारेज गर्ने निर्णय गरेको छ ।

त्यस्तै नेपाल र स्पेनका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने र समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृत दिने निर्णय भएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ५ : २४ बजे

सत्ताको आडमा दुई डिलरको दादागिरी

ब्रिटिस प्रधानमन्त्री विस्टन चर्चिल अमेरिका घुम्न गएका बेला त्यहाँको राष्ट्रपति

टेनेक्स हाइड्रोले आइपीओ निष्काशन गर्ने

काठमाडौं – टेनेक्स हाइड्रो होल्डीङ्ग लिमटेडले सर्वसाधारणका लागि साधारण शेयर

भारतीय विदेश सचिव मिस्री काठमाडौंमा

काठमाडौं– भारतका विदेश सचिव विक्रम मिस्री आइतबार बिहान काठमाडौं आइपुगेका

दुग्ध विकास संस्थानको महाप्रबन्धकमा आवेदन खुला 

काठमाडौं– दुग्ध विकास संस्थान (डीडीसी)को महाप्रबन्धक पदमा आवेदन खुलेको छ

सागर डिष्टिलरीको आईपीओ भर्ने अन्तिम दिन 

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आइतबार