‘कुल ब्वाइ’ले फिल्म खेल्ने पक्का, ‘होस्टल ३’ को मुख्य भूमिकामा अनुबन्ध « Khabarhub

‘कुल ब्वाइ’ले फिल्म खेल्ने पक्का, ‘होस्टल ३’ को मुख्य भूमिकामा अनुबन्ध


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टिकटकबाट चर्चामा आएका पारस बम ‘कुल बोइ’ फिल्म ‘होस्टल ३’ मा अनुबन्ध भएका छन् । उनीसँग लिखित सम्झौता भइसकेको निर्माण पक्षले जनाएको छ ।

यससँगै ‘कुल बोइ’को ठूलो पर्दामा डेब्यू पक्का भएको छ । निर्देशक सशान कँडेलका अनुसार उनले फिल्मको प्रमुख मध्य एक भूमिका निर्वाह गर्नेछन् ।

निर्देशक कँडेल भन्छन्, ‘ स्क्रिप्टको मागअनुसार उनलाई चलचित्रमा लिइएको हो । हामीले खोजेको पात्रकालागि उनी सबै पक्षबाट उत्तम छन् ।’

कुल बोइ गायक समेत हुन् । उनका ‘कान्छी कता हिँडेको’, ‘बुवाको नाक होस्’ लगायतका गीतहरू चर्चित छन् ।

यो फिल्म ‘होस्टेल’को तेस्रो श्रृंखला हो । फिल्मको कथा होस्टेलमा बसेर अध्ययन गरिरहेका किशोर-किशोरी र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहेको निर्माण पक्षले बताएको छ ।

यसअघिका दुई श्रृंखला सुनील रावलले बनाएका निर्माण गरेका थिए । यस पटक भने उनी कलाकारको भूमिकामा मात्रै रहने बताइएको छ ।

‘होस्टेल ३’ को कथा निर्देशक कँडेलले नै लेखेका हुन् । सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा यो फिल्म बन्ने बताइएको छ ।

यसका निर्माताहरू शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला छन् भने सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा सह निर्माताहरूमा हुन् ।

यो वर्षको अन्त्यमा फिल्म प्रदर्शनमा ल्याउने निर्माण पक्षको तयारी छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ५ : ५८ बजे

प्रहरीमाथि चक्कु प्रहार गर्ने जेनजी प्रदर्शनमा भागेका फरार कैदी

भक्तपुर – प्रहरीलाई चक्कु प्रहार गर्ने गिरोहका चार जना पक्राउ

प्रधानमन्त्री कार्कीले हेरिन ‘दिमाग घोच्ने मान्छे’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की स्वर्गीय उज्ज्वल थापाको जीवनीमा आधारित

११५ दिनमा कुलमानले गरे १०७ काम (सूचीसहित)

काठमाडौं – कुलमान घिसिङले ११५ दिन तीन महत्त्वपूर्ण मन्त्रालय सम्हाल्दा

निर्वाचन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौं – निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर