‘मनसरा’लाई पूर्वेली दर्शकको उच्च साथ « Khabarhub

‘मनसरा’लाई पूर्वेली दर्शकको उच्च साथ


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘मनसरा’ले प्रदर्शनको पहिलो दिन शुक्रबार दर्शकबाट राम्रो साथ पाएको छ । विशेषगरी पूर्वी नेपालका हलहरूमा दर्शकको उपस्थितिको बाक्लो पाइएको छ ।

प्रिमियरका लागि बिहीबार विराटनगरको पुगेको निर्माण टिम उतै छ । यही मौकामा उनीहरूले विराटनगर, इटहरी र धरानका विभिन्न हलमा पुगेर दर्शकबाट प्रत्यक्ष प्रतिक्रिया लिएका छन् ।

धरानको फ्रेन्ड्स सिनेमाज्मा अभिनेता दयाहाङ राई, प्रवीन खतिवडा, अभिनेत्री मिरुना मगर र निर्देशक सुब्बा पुग्दा दर्शक भरिभराउ थिए । दर्शकहरूले सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् ।

काठमाडौंसहित देशैभर पहिलो दिन दर्शकको साथ अपेक्षितरुपमा पाइएको निर्माण पक्षले बताएको छ । भोलि (शनिबार) झापाका हलहरूसँग दर्शकको प्रत्यक्ष प्रतिक्रिया लिएर निर्माण टोली काठमाडौं फर्कने योजनामा छ ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका मुख्य भूमिकामा छन् । निर्देशक  सुब्बाकै लेखन रहेको यस फिल्मको निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ६ : ४८ बजे

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा

मुस्ताङको घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक

विश्वकपको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र जोर्डन भिड्दै, मेसी बेन्चमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

उज्वेकिस्तानमाथि कङ्गोको ३–१ को सानदार जित, दक्षिण कोरिया विश्वकपबाट बाहिरियो

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

रोनाल्डोले गोल गर्न नसक्दा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेले

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को निकै