केन्यामा बाढीका कारण दुई सयभन्दा धेरैको मृत्यु « Khabarhub

केन्यामा बाढीका कारण दुई सयभन्दा धेरैको मृत्यु


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नैरोबी –तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई सयभन्दा धेरै पुगेको गृह मन्त्रालयले शुक्रबार बताएको छ ।

मुसलधारे वर्षाले पूर्वी अफ्रिकाका अधिकांश क्षेत्रमा आएको बाढी र पहिरोले बाली नष्ट गरेको छ । घरहरू डुबानमा परेका छन् र लाखौँ मानिस विस्थापित भएका छन् ।

“केन्यामा मौसमको गम्भीर अवस्थाका कारण करिब दुई सय १० जनाको मृत्यु भएको छ, पछिल्लो २४ घन्टामा २२ जनाको मृत्यु भएको छ”, गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । विज्ञप्तिमा एक लाख ६५ हजारभन्दा धेरै मानिस बेघर भएको र ९० जना बेपत्ता भएको उल्लेख छ । यसबाट मर्नेहरूको सङ्ख्या अझ बढ्न सक्ने आशङ्का गरिएको छ ।

केन्या र तान्जानिया चक्रवात हिदायाका लागि तयारी अवस्थामा छन् । ती मुलुकका समुद्री तटमा भारी वर्षा, हावा र लहरहरू आइरहेका छन् । तान्जानियामा चक्रवातबाट कम्तीमा एक सय ५५ जनाको मृत्यु भएको छ ।

हिदाया दक्षिणपूर्वी सहर माउन्टवाराभन्दा करिब चार सय किलोमिटर टाढा हुँदा तान्जानियाका अधिकारीहरूले स्थानीय समयानुसार बिहान तीन बजे ‘पूर्ण चक्रवातको अवस्थामा पुग्न बलियो भएको’ शुक्रबार चेतावनी दिएका छन् । मौसम बुलेटिनमा अधिकारीहरूले भनेका छन्, “चक्रवात हिदाया लगातार बलियो भइरहेको छ, हावाको गति करिब एक सय ३० किलोमिटर प्रतिघन्टामा बढेको छ ।”

केन्याको गृह मन्त्रालयले चक्रवात आइतबारदेखि समुद्री तटमा पुग्ने अनुमान गर्दै भनेको छ, “भारी वर्षाका साथ तीव्र हावा र ठूलो समुद्री लहरहरू आउन सक्छ ।”

संयुक्त राष्ट्रसङ्घले सामान्यभन्दा धेरै वर्षाले बुरुन्डीमा कम्तीमा २९ जनाको ज्यान गएको तथा एक सय ७५ जना घाइते भएको जनाएको छ । गत सेप्टेम्बरदेखि हजारौँ मानिस विस्थापित भएका छन् ।

अल निनो मौसमी ढाँचाका कारण धेरै महिनादेखि लगभग लगातार वर्षा भइरहेको छ । अल निनो प्राकृतिरूपमा हुने जलवायु घटना हो र यो सामान्यतया विश्वभरमा बढ्दो गर्मीसँग सम्बन्धित छ । यसले विश्वका केही भागमा खडेरी र अन्य स्थानमा भारी वर्षा निम्त्याउँछ ।

गत वर्षको अन्त्यमा केन्या, सोमालिया र इथियोपियामा वर्षा र बाढीबाट तीन सयभन्दा धेरैको ज्यान गएको थियो । यद्यपि यी क्षेत्रले चार दशकमा आफ्नो सबैभन्दा खराब खडेरीबाट जोगिने प्रयास गरिरहेका थिए ।

हिन्द महासागरको दक्षिणपश्चिम भागमा चक्रवातको मौसम सामान्यतया नोभेम्बरदेखि अप्रिलसम्म रहन्छ र प्रत्येक वर्ष एक दर्जन तूफान आउँछन् ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ८ : २८ बजे

युद्ध-विरामको बाबजुद लेबनानमा इजरायली आक्रमण

एजेन्सी– मध्यपुर्व युद्धमा घोषण भएको शान्ति सम्झौताको बाबजुद इजरायली सेनाले

विश्वकपमा अस्ट्रियाको ३६ वर्षपछिको ऐतिहासिक जित, जोर्डन ३-१ ले पराजित

काठमाडौं- अस्ट्रियाले फिफा विश्वकपको फाइनल चरणमा १९९० यताकै पहिलो जित

नवीकरण म्याद समाप्त भएका ५ हजार बढि औषधि पसलहरूको प्रमाणपत्र रद्द

काठमाडौं– औषधि व्यवस्था विभागले नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको

निश्कलको व्यङ्ग्य- प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या सुन्न समय रहेनछ

काठमाडौं–  नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतमा चिया निर्यातमा देखिएको

विश्वकपमा मेस्सीको ऐतिहासिक रात

एजेन्सी– लियोनेल मेस्सीले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि थप्दै आफ्नो