चीनमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो « Khabarhub

चीनमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– पूर्वी चीनमा शक्तिशाली आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ४४ पुगेको छ । पूर्वी चीनमा आएको लेकिमा नामक शक्तिशाली आँधी पछिको भारी वर्षासँगैको बाढी र पहिरोका कारण दशौं लाख मानिस विस्थापित भएका छन् ।

आँधीबाट अरु दर्जनौं मानिसहरु हराइरहेको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ । त्यसबाहेक आँधीले गर्दा हवाई उडान, रेलसेवा र अरु यातायात सञ्चार र विद्युत सेवा प्रभावित भएको छ ।

झेजियाङ प्रान्तमा ३ घण्टाको अवधीमा १६० मिलिमिटर वर्षा भएको थियो । वर्षाका कारण जलसतह बढ्दा जनजीवन अस्तव्यस्त बनेको अधिकारीहरुले जनाएका छन् ।

त्यस्तै, चीनको आर्थिक केन्द्र साङ्घाईमा पनि आँधीले नराम्रो क्षति पु¥याएको सिन्ह्वाले जनाएको छ । आँधीबाट २ अर्ब ५५ करोड अमेरिकी डलरभन्दा धेरैको आर्थिक नोक्सानी भएको बताइएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १२ : १७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको