युद्धविरामको जवाफ दिन हमासलाई एक साताको समय « Khabarhub

युद्धविरामको जवाफ दिन हमासलाई एक साताको समय


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलले हमासलाई युद्धविराम र बन्धकहरूको रिहाइको पछिल्लो प्रस्तावको जवाफ दिन एक साताको समय दिएको छ ।

इजरायल र हमासबीच शान्ति वार्ता सञ्चालन गर्ने इजिप्टका मध्यस्थकर्ताहरूले यस्तो जानकारी दिएका हुन् ।

इजरायलले हमासको प्रस्ताव स्वीकार नगरे गाजाको रफाह क्षेत्रमा जमिन आक्रमण गर्ने बताएको छ ।

हमासका एक शीर्ष अधिकारीले यो शान्ति प्रस्तावलाई सकारात्मक दृष्टिकोणका साथ अध्ययन गरिरहेको बताएको मध्यस्थकर्ताहरुले उल्लेख गरेका छन् ।

हमासका अधिकारी होसम बद्रनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रफाहमा सैन्य कारबाही अघि बढ्छ भनेर बारम्बार भन्दै सम्झौताको सम्भावनालाई कमजोर पारेको आरोप लगाएका छन्।

यसैबीच, विश्व स्वास्थ्य सङ्गठनले इजरायलले रफाहमा आक्रमण गरेमा ठूलो जनधनको क्षति हुने र मानवीय सङ्कट झन् गम्भीर हुने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ११ : ३४ बजे

आईपीएल : बेंगलुरुलाई कोलकाताले दियो १९३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले रोयल

सीईओ पक्राउपछि एनएमबी बैंकले भन्यो : सबै प्रक्रिया कानुनसम्मत छ

काठमाडौं – स्मार्ट टेलिकम प्रा. लि. सँग सम्बन्धित कर्जा असुली

यी हुन् कायम भएका १८ मन्त्रालय (सूचीसहित)

काठमाडाैं – प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला

कास्की – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट

हत्या गरिएको अवस्थामा दाजुभाइको शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए सूचना

त्रिशुली – नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरेर