राप्रपा अध्यक्ष लिङ्देनले गरे ८९औँ पटक रक्तदान « Khabarhub

राप्रपा अध्यक्ष लिङ्देनले गरे ८९औँ पटक रक्तदान


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ८९औँ पटक रक्तदान गरेका छन् ।

पार्टी सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन उपत्यका विशेष कमिटीले आज काठमाडौँमा आयोजना गरेको रक्तदान कार्यक्रममा लिङ्देनले रक्तदान गरेका हुन् ।

अध्यक्ष लिङ्देनले हरेक तीन महिनामा रक्तदान गर्ने गरेका छन् । उनले आफूलाई रक्तदान जस्तो पवित्र कार्य गर्न पाउँदा सन्तोषको अनुभूति हुने गरेको बताए ।

उनले भने, ‘कोभिड भएका बखत चिकित्सकको सल्लाह अनुसार नै मनले चाहेर पनि केही समय रक्तदान गर्न पाइन, शरीर स्वस्थ भएपछि रक्तदान सुरु गरेको हुँ, आज मैले ८९औँ पटक रक्तदान गरेँ ।’

बिरामीलाई रगतको अभाव हुन नदिन रक्तदानलाई निरन्तरता दिनुपर्ने र राप्रपाको युवा सङ्गठनले समय समयमा यस्तो कार्य गर्ने गरेकोमा प्रशंसा समेत गरे ।

दलको भ्रातृ सङ्गठनले दलीय गतिविधिमा मात्रै होइन सिर्जनशील र रचनात्मक कार्यमा सहभागी हुँदै सामाजिक दायित्व निर्वाह गर्नुपर्नेमा समेत उनको जोड थियो ।

कार्यक्रममा ६३ जनाले रक्तदान गरेको सङ्गठनका उपत्यका विशेष कमिटीका अध्यक्ष सञ्जय कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  १२ : ५८ बजे

एक वर्ष नहुँदै छिन्नभिन्न प्रलोपा : बाबुरामले आँखा लिँदा सन्तोषले राखे नाम, जनार्दन भौतारिँदै मधेशतिर

काठमाडौं– पूर्व माओवादी नेताहरू डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र

राष्ट्रिय सेवा दललाई नयाँ मोडालिटीमा लैजान कानुन बन्दै : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान संविधान

नेपाल ई-प्रमाणीकरण प्रणाली सुरु

काठमाडौं– कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल

आयोगको निर्णयमा प्रश्न उठाउँदै सर्वोच्चले खोल्यो कांग्रेसको मुद्दामा पुनरावलोकनको ढोका

काठमाडौं- सर्वोच्च अदालतले निर्वाचन आयोगले नेपाली कांग्रेसको विवरण अद्यावधिकसम्बन्धी गरेको

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी– उत्तर कोरियाले बिहीबार जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र