अस्थिरता नेपालको विकासका लागि घातक : प्रवक्ता महत « Khabarhub

अस्थिरता नेपालको विकासका लागि घातक : प्रवक्ता महत


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको विकासका लागि घातक रहेको बताएका छन् ।

शनिबार नेपाल प्रेस युनियन केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महतले कांग्रेसका कारण मुलुकमा अस्थिरता नभएको भन्दै जसले अस्थिरता निम्ताएको भएपनि यो नेपालको लोकतान्त्रिक आन्दोलन र विकासका लागि घातक रहेको बताएका हुन् ।

उनले निरन्तर अस्थिरता बनाइरहने र त्यसमा रमाइरहने प्रवृत्तिलाई निस्तेज बनाउनुपर्ने धारणा राखे । अविश्वासको जगमा बनेको वर्तमान सरकार अविश्वासकै कारणले चाडै टुङ्गीने उनले बताए । उनले चाँडै विकास र स्थिरताप्रति सर्मथित सरकार आउने दावी गरे महतले समावेशिता र सहभागिताको सुनिश्चित गर्दै प्रत्यक्ष निर्वाचनमा जान सकिने धारणा राखे ।

उनले मुलुकमा राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचनका लागि बहस चलाउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ४ : ५५ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच