रामेछापबाट काठमाडौँ आउँदै गरेको माइक्रो दुर्घटना, ६ जना घाइते  | Khabarhub Khabarhub

रामेछापबाट काठमाडौँ आउँदै गरेको माइक्रो दुर्घटना, ६ जना घाइते 


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रामेछापबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो दुर्घटनामा परेको छ । 

रामेछापको मन्थलीबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका बताइएको छ । 

शनिबार दिउँसो २ बजे बीपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका–११ स्थित पात्लेखेतमा सो दुर्घटना भएको प्रहरीले भनइ छ । 

घाइते भएका ६ जनालाई उपचार भइरहेको प्रहरीले जानकारी गराएको छ। चालक रामेछाप नगरपालिका–५  मिन बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनामा रामेछापको मन्थली नगरपालिका–८ बस्ने २८ वर्षीय श्रवढा कुमार माझी, श्रीमती ३५ वर्षीय सर्मिला माझी, छोरी ३ वर्षीया सोडिमा माझी, भाई आशिष माझी, सोही ठेगाना भएकी १६ वर्षीया मनिषा माझी र १६ वर्षीया सचिता गिरी घाइते भएका हुन्। 

भ्यानको छतमा राखेर ल्याइएको एउटा खसि भने मरेको प्रहरीले भनाइ छ ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ४ : ५७ बजे

हङकङमाथि श्रीलंकाको चार विकेटको जित

काठमाडौं – एसिया कप अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले हङकङलाई

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

आज २०८२ साल भदौ ३१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।