कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण « Khabarhub

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले अग्नि प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।

उपसभापति गुरुङले आज स्याङ्जाको चापाकोट नगरपालिका–१ का मैदान र बीरडाँडाका अग्निपीडित पाँच घरपरिवारका अवस्था बुझ्नुका साथै आर्थिक सहयोग गरेका हुन् ।

आगलागीका कारणघरबारविहीन भएका जनताको घरमा पुगेर पूर्वमन्त्री गुरुङले प्रतिपरिवार रु १० हजारका दरले आर्थिक सहयोग गरेका हुन् ।

“घरवारविहीन हुनुभएका नागरिकको अवस्था बुझ्नका लागि घरदैलोमा आएको हुँँ”, उनले भने, “जनताको सुख दुःखमा जनप्रतिनिधिसँगै भएको महसुस दिलाउन अग्नि प्रभावित गाउँमा पुगेको हुँ, पहिलो चरणमा मैले पाउने मासिक पारिश्रमिकबाट सानो रकम सहयोग गरेको छु ।”

अग्नि प्रभावित मैदान र बीरडाँडाका पाँच घर आगोका कारण पूर्णरुपमा क्षति भएको थाहा पाएपछि नागरिकलाई सान्त्वना प्रदान गर्न र आगामी योजना बनाउने उद्देश्यसहित प्रभावित गाउँको स्थलगत अवलोकन गरेका हुन् ।

“आफ्ना नागरिकलाई साह्रो गाह्रो पर्दा नै हो जनप्रतिनिधिले सहयोग गर्ने हो”, उनले भने, “नागरिकको वास्तविक पीडाका बारेमा उहाँहरुकै घर दैलोमा पुगेर बुझेर आएको छु, अब उहाँहरुको पुनःव्यवस्थापनका विषयमा म गम्भीर छु, अगाडि बढ्छु ।”

चापाकोट–१ मैदानका अग्निपीडित हिमबहादुर सारु मगरले घटना घटाउने मान्छेको पहिचान गरी कारबाहीको माग गरे । “हामीले जिताएर पठाएको जनप्रतिनिधि हजुर नै हो, म त बेघर भएँ” मगरले भने , “आगामी दिनमा म जस्तै बेघर अरु कोही पनि नहुन्, त्यसका लागि जो कोही भए पनि खोजी गरी कानुनी दायरामा ल्याउनैपर्छ ।”

आँफू बस्दै आएको घर खरानी हुनुको पीडा भोग्नेलाई मात्रै थाहा हुने भन्दै उनले आगामी दिनमा यस्ता क्रियाकलाप दोहोरिन नदिनका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए ।

सम्पास सामुदायिक वनमा लागेको आगो फैलिँदै आउँदा वनभन्दामाथि रहेका मैदान र बीरडाँडाका पाँच घर तथा गोठ जल्दा पशुचौपाया, अन्नपात, भाँडाकुँडा जलेर नष्ट भएको हो । गत सोमबार मैदानका तीन घर तथा मङ्गलबार बीरडाँडाका दुई घरमा आगलागी हुँदा लाखौँका क्षति भएको थियो ।

मैदानमा गत सोमबार साँझ ५ बजे हिमबहादुर सारु मगर, तेजकुमारी सारु मगर र चन्द्रकुमारी सारु मगरको घर गोठ पूर्णरुपमा जलेर नष्ट भएको थियो । भोलिपल्ट मङ्गलबार दिउँसो २ बजे घरमुनी जङ्गलबाट आएको आगोले बीरडाँडाका सेतीमाया सिँजाली र खमानसिंह सिँजालीको घर गोठ जलेर खरानी भएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ९ : ५७ बजे

एक सय आठ जना महाधिवेशन प्रतिनिधि मनोनीत

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि १०८

एनपीएलको फाइनलमा सुदूरपश्चिमले टस जित्यो, पहिले ब्याटिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र

ट्रम्पको मध्यस्थतापछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराममा सहमति

जहाँ सकिन्छ, युवालाई त्यहीँ अगाडि सारौं : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलबिना लोकतन्त्र सम्भव

जेन–जी आन्दोलनको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्छ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनको छानबिन