जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै « Khabarhub

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज नेपाल आउँदैछिन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा योको नेपाल आउन लागेकी हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री योकोले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, परराष्ट्रमन्त्री श्रेष्ठसँग द्विपक्षीय औपचारिक वार्ता हुनेछ । वार्तामा नेपाल–जापान सम्बन्धका सबै पक्षबारे पुनरावलोकन हुने बताइएको छ ।

यस्तै, अन्तर्राष्ट्रिय मञ्चमा पनि सहयोग आदानप्रदानबारे कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र जापानबीच २०१३ साल भदौमा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यसपछि नेपाल आउने योको चौथो विदेशमन्त्री हुन् ।

 

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ६ : २८ बजे

एक वर्ष नहुँदै छिन्नभिन्न प्रलोपा : बाबुरामले आँखा लिँदा सन्तोषले राखे नाम, जनार्दन भौतारिँदै मधेशतिर

काठमाडौं– पूर्व माओवादी नेताहरू डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र

राष्ट्रिय सेवा दललाई नयाँ मोडालिटीमा लैजान कानुन बन्दै : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान संविधान

नेपाल ई-प्रमाणीकरण प्रणाली सुरु

काठमाडौं– कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल

आयोगको निर्णयमा प्रश्न उठाउँदै सर्वोच्चले खोल्यो कांग्रेसको मुद्दामा पुनरावलोकनको ढोका

काठमाडौं- सर्वोच्च अदालतले निर्वाचन आयोगले नेपाली कांग्रेसको विवरण अद्यावधिकसम्बन्धी गरेको

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी– उत्तर कोरियाले बिहीबार जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र