गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै « Khabarhub

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् ।

विश्वासको मत प्रयोजनका लागि आज दिउँसो ३ बजे गण्डकी प्रदेशसभाको बैठक बस्दैछ । उक्त बैठकमा अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सरकारमा दाबी गर्दा सभामुखको मत गणना गरेको भन्दै सर्वोच्चमा रिट दायर भएकोमा सर्वोच्चले प्रदेश सभाबाट विश्वासको मत लिएर नै सरकारको बहुमत तय हुने भन्दै रिट खारेज गरेपछि मुख्यमन्त्रीलाई विश्वासको मत लिने बाटो खुलेको थियो ।

सर्वोच्च अदालतले सभामुखबाहेक पनि खगराजको पक्षमा ३० जना रहेकाले बहुमत प्राप्त गर्न सक्ने व्याख्या गर्दै सो रिट खारेज गरेको थियो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद दीपक मनाङे रहेका छन् ।

संवैधानिक व्यवस्था अनुसार पक्ष विपक्षमा बराबर मत भएको अवस्थामा मात्र सभामुखले मत दिन पाउने छन् ।

 

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ७ : ४८ बजे

केन्द्रीय समिति विस्तारमा पूर्णबहादुरको असन्तुष्टि : ‘सभापतिको निर्णयले कांग्रेस एकतामा ठेस पुग्यो’

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

‘प्रचण्डलाई समावेशी र समानुपातिक प्रतिनिधित्वप्रति गर्व गर्ने हक छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केही

प्रचण्डले भने, ‘सवाल पुराना र नयाँको होइन, सही र गलतको हो’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

अहिलेको संसद् इन्द्रेणी : प्रचण्ड

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता पुष्पकमल दाहाल

कांग्रेसले माग्यो प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण रिपोर्ट

काठमाडौं- प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले संसदको संयुक्त बैठकमा