सयको नोटमा चुच्चे नक्साबारे भारतको असन्तुष्टि « Khabarhub

सयको नोटमा चुच्चे नक्साबारे भारतको असन्तुष्टि


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेशमन्त्री एस जयशंकरले असन्तुष्टि व्यक्त गरेका छन् । ।

भारतीय मिडियाहरूका अनुसार विदेशमन्त्री जयशङ्करले सीमा विवादको विषयमा वार्ता गरिरहेको बेलामा एकपक्षीय रूपमा प्रक्रिया अगाडि बढाएर धरातलीय यथार्थ परिवर्तन नहुने टिप्पणी गरेका छन् ।

इण्डियन एक्सप्रेसले जयशङ्करलाई उदृत गर्दै लेखेको छ– ‘मैले त्यो रिपोर्ट देखेँ । यसलाई मैले विस्तृत रूपमा हेरिनँ । मलाई लाग्छ हाम्रो अडान धेरै प्रष्ट छ । नेपालसँग हाम्रो सीमाबारेमा हामी स्थापित मान्यताअनुसार कुरा गरिरहेका छौँ । यसको बीचमा एकतर्फी रूपमा केही प्रक्रिया अघि बढाएका छन् । तर, उनीहरूको तर्फबाट गरिने कामले हामीबीचको धरातलको यथार्थ र हामीबीचको अवस्थालाई परिवर्तन गर्दैन ।’

गत विहीबार बसेको मन्त्रिपरिषद बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्साको तस्बिर राख्ने निर्णय गरको थियो ।

२०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा जारी गरेको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ९ : ४९ बजे

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौं– राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक वर्षका

इबोला प्रकोप व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता : डब्लुएचओ

बुनिया– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर– स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच वृद्धिका

बजेटले अर्थतन्त्र चलायमान बनाउने आशा र विश्वासको नयाँ आधार सृजना गर्यो : सिबिफिन

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले सरकारले आगामी

काठमाडौँमा सतही भेलको समस्या : के हो समाधान ?

तपाईं काठमाडौँमा बस्नुहुन्छ भने पछिल्ला दिनमा पानी पर्दा सडकमा कति