यो हो मोबाइलको ब्याट्री चार्ज गर्ने सही तरिका | Khabarhub Khabarhub

यो हो मोबाइलको ब्याट्री चार्ज गर्ने सही तरिका


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  पछिल्लाे समय अत्याधुनिक प्रविधि तथा अनगिन्ती फिचरहरु थपिँदै जाँदा मोबाइल फोनको ब्याट्रीको आयु सोही मुताविक बढ्दै जान सकेको छैन । जसका कारण मोबाइल जति उच्चस्तरीय भयो ब्याट्री उति नै कम खप्ने भइदिन्छ । फोन निर्माता कम्पनीहरुका अनुसार मोबाइलका ब्याट्रीहरुको औषत आयु ३ सय देखि ५ सय पटकसम्म चार्ज गर्नका लागि हुन्छ । त्यसपछि ब्याट्रीको क्षमता घट्न थाल्दछ र ब्याट्रीले चार्जलाई राम्रोसँग संग्रह गर्न सक्दैन । तर केही उपाय अपनायौँ भने चार्ज चाँडो हुने  र टिक्ने गर्छ ।

सही तरिकाले कसरी गर्ने मोबाइल चार्ज ? केही टिप्स यस्ता छन्–

मोबाइललाई फ्लाइट मोडमा राख्नुहोस्

यो एकदम सामान्य र सजिलो तरिका हो । जसबाट एकदमै तीव्र गतिमा मोबाइल चार्ज गर्न सकिन्छ । फ्लाइट मोडमा मोबाइल राख्दा सबै फङ्सन बन्द हुँदैनन् । तर, जब तपाईंले फोन फ्लाइट मोडमा राख्नुहुन्छ तब फोन गर्न मिल्दैन र जिपिएसजस्ता फिचरहरूले काम गर्न बन्द हुन्छ ।

फोन पूरै बन्द गरेर चार्ज गर्ने

मोबाइल फोन चार्जका बारेमा मानिसहरूका आ–आफ्नै तर्क भए पनि मोबाइल चार्ज गर्दा फोन अफ गरेर चार्ज गर्दा चार्ज चाँडो हुने गर्छ । फोन अन नै राखेर चार्ज गर्दा यो बिग्रन्छ भन्ने पनि गरिन्छ । तर, यो गलत हो । तर, मोबाइल चलाउँदै चार्ज गर्दा भने ब्याट्रीमा समस्या निम्तिन्छ । मोबाइल तात्ने समस्या बढी देखिन्छ ।

मोबाइल युएसबी पोर्टबाट चार्ज नगर्नु उत्तम

मोबाइल फोन युएसबी पोर्टबाट भन्दा बिजुलीबाट धेरै छिटो चार्ज हुन्छ । उदाहरणका रूपमा एप्पल फोनका लागि उक्त कम्पनीको सुझाव छ कि मोबाइल फोन बिजुलीबाट मात्र चार्ज गर्नुहोस् ।

तापक्रम मिलाउनुहोस्

तात्ने गरी ब्याट्री राख्दा यसको क्षमतामा ह्रास आउँछ । उदाहरणका लागि एप्पलका अनुसार गर्मीको कारण मोबाइलको ब्याट्रीको क्षमता खराब हुन्छ । फोनलाई घामबाट पनि टाढा राख्नुपर्छ ।

आधिकारिक चार्जर मात्र प्रयोग गर्नुहोस्

सबै चार्जर एउटै देखिन्छन्, तर एउटै भने कहिल्यै हुँदैनन् । सबैभन्दा राम्रो फोनको आधिकारिक चार्जरबाट मात्र चार्ज गर्नु हुन्छ । यसले सुरक्षित तरिकाबाट सबैभन्दा राम्रो परिणाम दिन्छ । मोबाइल फोन किन्ने बेलामा सँगसँगै जुन चार्जर आएको हुन्छ आफ्नो मोबाइल फोनलाई सोही चार्जरले चार्ज गर्नु राम्रो हुन्छ । बजारमा पाइने जुन पायो त्यहीँ चार्जर प्रयोग गर्नु मोबाइल फोनकेा ब्याट्रीका लागि हानिकारक हुनसक्छ । चार्जर ठीक भएन भने त्यसले पूरै फोनलाई नै क्षति पूराउन सक्छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  १२ : ५४ बजे

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको

सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्छ : गगन थापा

पाटन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र

टिपर पल्टिएर तमोरमा खस्दा एकजना बेपत्ता

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा आज दिउँसो टिपर पल्टिएर तमोर

इम्बोस्ड नम्बर प्लेटबारे महासंघले भन्यो- सरकारी निर्णयको विरोधमा उत्रिनू

काठमाडौं– नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले इम्बोस्ड नम्बर अनिवार्य गर्ने

विदेशमा तीज मनाउन कलाकारको दौडधूप

काठमाडौं – चाहे तीज होस् या दशैं, चाडबाड नजिकिएपछि कलाकारहरुको