कोरला नाकामा विद्युत् सेवा विस्तार « Khabarhub

कोरला नाकामा विद्युत् सेवा विस्तार


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा विद्युत् सेवा विस्तार भएको छ ।

समुन्द्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको कोरला नाकामा यसअघि विद्युत् लाइन पुगे पनि ट्रान्सफर्मर जडान र वितरण नहुँदा सेवा पुगेको थिएन ।

मुस्ताङसमेत कार्यक्षेत्र भएको नेपाल विद्युत् प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख प्रकाश काफ्लेले ट्रान्सफर्मर जडान गरेपछि कोरला नाकामा बिजुली बलेको जानकारी दिए ।

‘छोसेर हुँदै नेपाल तर्फबाट कोरला नाकामा तीन वर्षअघि नै लाइन लगिए पनि नाका सञ्चालन नभएकाले माग भएको थिएन’, उनले भने, ‘गत कात्तिकदेखि सञ्चालनमा आएको कोरला नाकामा विद्युत्को आवश्यकता महसुस भएपछि २५ केभिए क्षमताको ट्रान्सफर्मर राखेर विद्युत् प्रयोग गर्न मिल्ने व्यवस्था मिलाएका छौँ ।’

ट्रान्सफर्मर जडान गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीको नेचुङका सुरक्षाकर्मीले सहयोग गरेका प्रमुख काफ्लेले बताए । बिजुली सुविधा भएपछि नाकाको सुरक्षामा खटिने सुरक्षाकर्मीलगायत अन्य व्यवसायका लागि जाने व्यवसायीलाई समेत सहज भएको छ ।

प्रतिकुल मौसमका बाबजुद संरचना तयार पारेर विद्युत् आपूर्ति हुने व्यवस्था मिलाइएको तातोपानी वितरण केन्द्रका इन्जिनियर उत्तम अधिकारीले बताए। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले विद्युत् पुगेपछि कोरला नाकामा नेपाल टेलिकमसँग समन्वय गरेर मोबाइल सेवा पनि विस्तारको पहल गरिएको बताए ।

मुस्ताङ जिल्लामा प्राधिकरणको स्थानीय कार्यालय नभएकाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको घरापमा रहेको तातोपानी वितरण केन्द्रको मातहतमा रही निलगिरी उपभोक्ता सहकारी संस्था लिमिटेडले विद्युत् सेवा दिँदै आइरहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ४ : २५ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत