जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव | Khabarhub Khabarhub

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आफू नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदै गर्दा अध्यक्ष उपेन्द्र यादव भने यतिबेला अमेरिकाबाट फर्किँदै छन् ।

जसपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव गत शनिबार अमेरिका गएका थिए ।

अप्रिल ३० देखि मे ३ तारिखसम्म यूएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपालको प्रतिनिधिका रूपमा सहभागी हुन यादव शनिबार बेलुकी अमेरिका गएका थिए ।

उनले त्यहाँ राष्ट्रसंघीय महासचिव एन्टेनियो गुटरेससहितसँग भेट पनि गरे । राष्ट्रसंघको कार्यक्रममा सहभागी भए उनी मे ७ तारिख अर्थात् मंगलबार स्वदेश आइपुग्ने कार्यतालिका छ ।

त्यहीअनुसार उनी अमेरिकाबाट नेपाल प्रस्थान गरिसकेका छन् । यादव सोमबार कतार आइपुग्ने छन् । तर यता नेपालमा भने यादवलाई थाहै नदिई ७ जना सांसदले जसपा विभाजित गरेका छन् ।

जसको नेतृत्व पूर्वशिक्षामन्त्री एवम् वरिष्ठ नेता अशोक राईले गरेका छन् । राई नेतृत्वका सांसदहरू अहिले निर्वाचन आयोगमा जसपा नामको नयाँ दल दर्ताका लागि पुगिसकेका छन् ।

आफ्नो अनुपस्थितिमा अध्यक्ष यादवले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेका थिए ।

अशोक राई नेतृत्वको नयाँ पार्टीमा प्रदीप यादव, राजकिशोर यादव र सुशीला श्रेष्ठ जोडिइसकेका छन् । अन्य तीनजना सांसदबारे उनीहरूले केही खुलाएका छैनन् ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ५ : ४१ बजे

राष्ट्रिय वाणिज्य बैंकले आजदेखि ऋणपत्र बिक्री गर्दै

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले आइतबार (आज)देखि दुई अर्ब ५० करोड

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

कास्की– कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको

इन्स्टाग्राममा रिल्स भाइरल नभएर चिन्तित हुनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं- पछिल्लो समय इन्स्टाग्राममा रिल्स बनाएर अपलोड गर्ने चलन बढ्दो

धेरै चिया पिउँदा हुनसक्छन् यस्ता समस्या, जोगिन के गर्ने ?

काठमाडौं- चिया नेपालीहरुको जीवनशैलीको अभिन्न हिस्सा हो । बिहान उठ्नेबित्तिकैदेखि

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, अराजकता फैलाए कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको