उपेन्द्र यादवलाई छाडेर नयाँ दलतिर जसपाका यी ७ सांसद « Khabarhub

उपेन्द्र यादवलाई छाडेर नयाँ दलतिर जसपाका यी ७ सांसद


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ठूलो झट्का लागेको छ ।

गत फागुन २१ गते उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेका यादवलाई सरप्राइज दिँदै जसपाका ७ सांसदले पार्टी विभाजनको निर्णय लिएका हुन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको सत्ता गठबन्धनमा वन तथा वातावरण मन्त्रीको जिम्मेवारी नवलकिशोर साह सुडीसमेत विभाजनतिर लागेका छन् ।

अन्य आकांक्षीहरू प्रदीप यादव र राजकिशोर यादवलाई जिल्याउँदै उपेन्द्र यादवसँगै मन्त्री बनेका सुडी अहिले पार्टी विभाजनतिर लागेका छन् ।

सुडी उपेन्द्र यादवकै गृहजिल्ला सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्छन् । यसअघि नेपाली कांग्रेसको समेत समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा वन तथा वातावरण मन्त्री बनेका वीरेन्द्र महतो पनि पार्टी विभाजनको पक्षमा उभिएका छन् ।

नयाँ दलतिर को को ?

१. अशोककुमार राई (वरिष्ठ नेता)

२.नवलकिशोर साह (वन तथा वातावरणमन्त्री)

३. हसिना खान

४. रञ्जु ठाकुर

५. प्रदीप यादव

६. वीरेन्द्र महतो

७. सुशीला श्रेष्ठ

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ६ : ५८ बजे

भेटी परिचालन गरेर गलेश्वरलाई उज्यालो बनाइयो

म्याग्दी– भक्तजनले चढाएको भेटीमार्फत भएको आम्दानी परिचालन गरेर म्याग्दीको बेनी

रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

धरान– तीव्र गतिको मोटर साइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा

कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेँसीमा झरेनन् माथिल्लो मुस्ताङी

मुस्ताङ– अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो

कार्यवाहक देखावटी मात्र हो, सभापतिकै स्वार्थमा पार्टी चल्दैछ : अमरसिंह पुन

काठमाडौं- भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि कांग्रेस ‘फर्म’

सिद्धगुफाको प्रवर्द्धन गर्दै बन्दीपुर गाउँपालिका

दमौली– नेपालकै ठूलो मानिएको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको प्रवर्द्धनमा गाउँपालिका