पोखरामा एक बालकको शव फेला | Khabarhub Khabarhub

पोखरामा एक बालकको शव फेला


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव फेला परेको छ। सशस्त्र प्रहरीको गोताखोर टोलीले बालकको शव निकालेको हो।

शवको पहिचान हुन बाँकी रहेको प्रहरीको भनाइ छ। अन्दाजी १५ वर्षीय बालक अपराह्न ४ बजेतिर डुबेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

यसअघि आइतबार नै १४ वर्षीय बालकको शव फेला परको थियो। मृत्यु हुनेमा पोखरा–५, मालेपाटनका १४ वर्षीय सोनाम सुवेदी रहेका छन्।

पोखरा–१८, खपौदीस्थित फेवातालबाट गएको पानीको नालामा पौडी खेल्ने क्रममा उनी डुबेका थिए। १५ वर्षीय साथी सञ्जय कार्कीसँगै उनी पौडी खेल्न गएका थिए।

सोनाम डुबेको थाहा पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीले उनलाई दिउँसो २ बजेर २४ मिनेटमा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्त शर्माले बताए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ८ : ५५ बजे

प्रधानमन्त्री ओलीबाट इदको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र

इदले आपसी समझदारी बढाओस् : सभामुख घिमिरेले

काठमाडौं– सभामुख देवराज घिमिरेले इद उल फित्रले सबै नेपालीबीच सद्भाव,

रोबर्ट लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाको फराकिलो जित

काठमाडौं – रोबर्ट लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाले स्पेनिस ला लिगाको

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक