पोखरामा एक बालकको शव फेला « Khabarhub

पोखरामा एक बालकको शव फेला


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव फेला परेको छ। सशस्त्र प्रहरीको गोताखोर टोलीले बालकको शव निकालेको हो।

शवको पहिचान हुन बाँकी रहेको प्रहरीको भनाइ छ। अन्दाजी १५ वर्षीय बालक अपराह्न ४ बजेतिर डुबेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

यसअघि आइतबार नै १४ वर्षीय बालकको शव फेला परको थियो। मृत्यु हुनेमा पोखरा–५, मालेपाटनका १४ वर्षीय सोनाम सुवेदी रहेका छन्।

पोखरा–१८, खपौदीस्थित फेवातालबाट गएको पानीको नालामा पौडी खेल्ने क्रममा उनी डुबेका थिए। १५ वर्षीय साथी सञ्जय कार्कीसँगै उनी पौडी खेल्न गएका थिए।

सोनाम डुबेको थाहा पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीले उनलाई दिउँसो २ बजेर २४ मिनेटमा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्त शर्माले बताए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ८ : ५५ बजे

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै

काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा