हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन | Khabarhub Khabarhub

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना मारिएका छन् । इजरायल र गाजाको बीचमा पर्ने एक प्रहरी चौकीमा भएको रकेट हमलामा आफ्ना तीन सैनिक मारिनुका साथै केही घाइते भएको इजरायलले जनाएको छ ।

हमासको आक्रमणपछि इजरायलले गाजा प्रवेश गर्ने केरेम शालोम नाका बन्द गरेको छ । यो गाजामा खाद्यान्न र चिकित्सा आपूर्तिहरू सहित मानवीय सहायता प्राप्त गर्ने केही मार्गहरू मध्येको एक हो।

यसअघि, इजरायल र हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको थियो । वार्ता निष्कर्षविहीन हुनुमा दुवै पक्षले एकअर्कालाई आरोप लगाएका छन् ।

इजिप्टका मध्यस्थकर्ताहरूले गाजामा युद्धविराम र हमासद्वारा बन्धकहरूलाई रिहाइ गर्ने सम्झौताका लागि कायरोमा दुई दिनको वार्ता गरेका थिए ।

एक विज्ञप्तिमा, हमासले पछिल्लो चरण आइतबार समाप्त भएको र उसको प्रतिनिधिमण्डल अब समूहको नेतृत्वसँग परामर्श गर्न कायरोबाट कतार जाने बताएको छ।

बीबीसीका अनुसार मध्यस्थता प्रयासमा संलग्न सीआईए प्रमुख विलियम बर्न्स  कायरोबाट कतारको राजधानी दोहामा वार्ताका लागि प्रस्थान गरेका छन् ।  अनुसार।

युद्धविरामको प्रस्तावमा बन्धकहरूलाई रिहा गर्दा ४० दिनको लडाइँमा रोक लगाउने र इजरायली जेलहरूमा बन्दी रहेका प्यालेस्टिनी कैदीहरूको रिहाइलाई आधार बनाइएको बताइएको छ ।

 

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ८ : ३५ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका