सरकारसँगको प्रतिबद्धतापछि रुसी सेनामा कार्यरत नेपाली परिवारको अनशन स्थगित  « Khabarhub

सरकारसँगको प्रतिबद्धतापछि रुसी सेनामा कार्यरत नेपाली परिवारको अनशन स्थगित 


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी सेनामा रहेका आफन्त फिर्ता ल्याइदेऊ भन्दै आमरण अनशन बसेका परिवारले १७औँ दिनमा अनशन तोडेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट माग पूरा गर्न सरकारले कूटनीतिक प्रयास गर्ने प्रतिबद्धता जनाएपछि  उनीहरुले आइतबार अनशन तोडेका हुन् ।

आफन्तको स्थिति सार्वजनिक गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन र सेनामा रहेकाको करार रद्ध गर्न माग गर्दै उनीहरू शान्तिवाटिकामा आमरण अनशनमा रहेका थिए ।

प्रधानमन्त्रीका जनसम्पर्कविज्ञ बुद्धि जिसीलगायत प्रधानमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालयका अधिकारी गएर अनशन तोडाएका थिए ।

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीका अनुसार प्रधानमन्त्रीले पीडित परिवारका माग पूरा गर्न कूटनीतिक प्रयास तीव्र बनाउने प्रतिबद्धता जनाएपछि आमरण अनशन स्थगित गरेको बताइन्  ।

उनी भन्छिन्, ‘हालको अनसन स्थगित गरे पनि हामी न्यायको आवाज अन्य तरिका  जारी राख्नेछौँ ।’ भण्डारीको नेतृत्वमा परिवारले सिंहदरबार घेराउदेखि रुसी दूतावासअगाडि प्रदर्शन गर्दै आएका थिए ।

रुसी सेनामा रहेकाहरूले करार रद्ध गरेपछि पनि नेपाल फर्काउन सरकारबाट प्रयास नभएको, मृतकका परिवारलाई क्षतिपूर्तिका लागि प्रभावकारी कूटनीतिक अग्रसरता नदेखाएको भन्दै उनीहरूले माग पूरा गराउन अनशन सुरु गरेका थिए ।

संयोजक भण्डारीका अनुसार हालसम्म रुसमा कार्यरत ६२० मध्ये ३९ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । त्यस्तै, १८ जना मृत्यु भएको भनिएको तर पुष्टि हुन बाँकी रहेको छ । पाँच जना युक्रेनको कब्जामा, ११७ जना घाइते तथा २७२ जना सम्पर्कविहीन छन् ।

रुसी सेनामा करार सम्झौता रद्ध गरेका नौ जना, रुसी राहदानीका लागि आवेदन दिएका ११ जना, रुसी राहदानी नलिने कागजातमा हस्ताक्षर गरेका १९ जना र बाँकी व्यक्ति सम्पर्कमा छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १२ : ३२ बजे

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ

सङ्गठित अपराधको कसुरमा चारजना पक्राउ

काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका