यस्तो छ ‘मनसरा’ को गीत ‘एक तार मनको’ « Khabarhub

यस्तो छ ‘मनसरा’ को गीत ‘एक तार मनको’


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदर्शनरत फिल्म ‘मनसरा’को गीत ‘एक तार मनको’ सार्वजनिक भएको छ । निर्माण पक्षले सोमबार गीत सार्वजनिक गरेको हो । 

सो गीतमा हर्क साउदको शब्द रहेको छ भने सुशान्त गौतमको स्वर र संगीत रहेको छ । फिल्ममा ‘दधिराम पोखरेल’को भूमिका निर्वाह गरेका प्रवीण खतिवडा र ‘तान्छो’को भूमिकामा रहेका बालकलाकार नेनाहाङ राईले सो गीतमा स्थान पाएका छन् । 

करिब साढे दुई मिनेट लामो गीतमा सन्तान सुख भोग्नबाट बञ्चित दधिरामलाई ‘तान्छो’सँगको निकटतालाई प्रस्तुत गरिएको छ ।

उपेन्द्र सुब्बाको निर्देशन र लेखन रहेको यस फिल्ममा नेनाहाङलाई अभिनेत्री मिरुना मगरका छोराको भूमिकामा देख्न सकिन्छ । फिल्ममा प्रविण, मिरुनासहित मेनुका प्रधान र दयाहाङ राईलाई प्रमुख भूमिकामा देख्न सकिन्छ ।

सकारात्मक ’वर्ड अफ माउथ’का कारण यस फिल्मले सुखद व्यापार गरेको छ । निसन्तान बुबा र एकल आमाबीचको प्रेम देखाइएको यस फिल्मले मोफसलमा दर्शकबाट विशेष साथ पाएको छ । 

हेर्नुहोस् गीतको भिडियो :

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १२ : ४२ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट