यस्तो छ ‘मनसरा’ को गीत ‘एक तार मनको’ « Khabarhub

यस्तो छ ‘मनसरा’ को गीत ‘एक तार मनको’


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदर्शनरत फिल्म ‘मनसरा’को गीत ‘एक तार मनको’ सार्वजनिक भएको छ । निर्माण पक्षले सोमबार गीत सार्वजनिक गरेको हो । 

सो गीतमा हर्क साउदको शब्द रहेको छ भने सुशान्त गौतमको स्वर र संगीत रहेको छ । फिल्ममा ‘दधिराम पोखरेल’को भूमिका निर्वाह गरेका प्रवीण खतिवडा र ‘तान्छो’को भूमिकामा रहेका बालकलाकार नेनाहाङ राईले सो गीतमा स्थान पाएका छन् । 

करिब साढे दुई मिनेट लामो गीतमा सन्तान सुख भोग्नबाट बञ्चित दधिरामलाई ‘तान्छो’सँगको निकटतालाई प्रस्तुत गरिएको छ ।

उपेन्द्र सुब्बाको निर्देशन र लेखन रहेको यस फिल्ममा नेनाहाङलाई अभिनेत्री मिरुना मगरका छोराको भूमिकामा देख्न सकिन्छ । फिल्ममा प्रविण, मिरुनासहित मेनुका प्रधान र दयाहाङ राईलाई प्रमुख भूमिकामा देख्न सकिन्छ ।

सकारात्मक ’वर्ड अफ माउथ’का कारण यस फिल्मले सुखद व्यापार गरेको छ । निसन्तान बुबा र एकल आमाबीचको प्रेम देखाइएको यस फिल्मले मोफसलमा दर्शकबाट विशेष साथ पाएको छ । 

हेर्नुहोस् गीतको भिडियो :

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १२ : ४२ बजे

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली