जिरीबाट बाइक र मैनापोखरीबाट हेलमेट चोरी | Khabarhub Khabarhub

जिरीबाट बाइक र मैनापोखरीबाट हेलमेट चोरी


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.7k
Shares
  • change font
  • change font
  • change font

दोलखा– गएराती दोलखाको जिरी नगरपालिका र वैतेश्वर गाउँपालिमा मोटरसाइकल र हेलमेट चोरी भएको छ । एकैरात दुई ठाउँबाट मोटरसाइकल तथा हेलमेट चोरी भएको प्रहरीले जनाएको छ ।

नगरपालिका-८ डाडाखर्कबाट गएराती करिब ११ बजे घरमा पार्किङ गरेर राखेको सवारी धनी सुर्यबहादुर कार्कीको बा ७३ प ५५०३ नम्बरको निलो रङ्गको पोल्सर बाइक हराएको हो ।

सोहीरात १२:४४ बजेको समयमा वैतेश्वरको मैनापोखरी बजार नजिकैको मोहन खड्काको न्यु आविष्कार अटोओक्सवबाट जिरीबाट मैनापोखरी आउँदै गरेको मोटरसाइकल रोकेर एक व्यक्तिले हेलमेट चोरेको सिसिटिभी फुटेजमा रेकर्ड भएको देखिएको छ ।

खड्का र कार्कीले चोरले जिरीबाट बाइक चोरेर ल्याएर मैनापोखरीमा खड्का हेलमेट चोरेको हुनसक्ने अनुमान लगाएका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरीले चोरी भएको मोटरसाइकल तथा चोरी गर्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले केही दिन अघि पनि काठमाडौंबाट चोरेर दोलखा ल्याएको मोटरसाइकल फेला पारेर सम्बन्धित सवारी धनीलाई फिर्ता गर्न सफल भएको थियो ।

यो घटनाको पनि अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखा ट्राफिक इन्चार्ज ठाकुर भट्टराईले बताए ।  एकडेढ घण्टाको बीचमा बाइक तथा हेलमेट चोरी भएकाले चोर एउटै हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

सिसिटिभी फुटेजमा अन्दाजी २२-२५ वर्षको कालो ज्याकेट,टाउकोमा सेतो मफलर ओढेर आएको एक युवकले ५ सेकेन्ड भित्र हेलमेट चोरेर निस्केको देखिन्छ ।

– सुबास बस्नेत

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १ : १३ बजे

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शयरधनीका नाममा रहेको

उमा सुवेदीको उपन्यास ‘परिधि’ को लोकार्पण

 काठमाडौं- ‘तोदा’  उपन्यास र ‘सयौं पुतली’  कथा सङ्ग्रह  लगायत आधा

दैनिक १० हजारभन्दा बढीको स्कुस बिक्री गर्दै किसान

गाईघाट– सदरमुकाम गाईघाटमा हरियो सागसब्जीको मूल्य महँगिँदै गइरहेका बेला पहाडी

बेनी प्रदेश अस्पताल : नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा

म्याग्दी– प्रदेश अस्पताल बेनीले अन्तरङ्ग र बहिरङ्ग विभागको सेवा नयाँ

प्रधानमन्त्रीले भने- नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा छ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा