एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा  « Khabarhub

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा 


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  एभरेष्ट बैंकले वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै नयाँ भवनबाट सञ्चालन गरेको छ ।

आइतबार आयोजित एक कार्यक्रमका बीच वीरगंज महानगरपालिका १०, आदर्शनगरस्थित बंकले वीरगञ्ज शाखा तथा प्रादेशिक कार्यालय सोही नगरको वडा नं ४ मा नव निर्मित भवनमा स्थानान्तरण गर्दै बैंकिङ  सेवा सुचारु गरेको हो ।

शुभारम्भ कार्यक्रममा वीरगंज चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष हरि गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्य लगायतको उपस्थिति थियो ।

सो कार्यक्रममा बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्प राज उप्रेतीले उक्त नव निर्मित आफ्नै भवनबाट ग्राहकहरूले अझ बृहत् र परिष्कृत बैंकिङ सेवा तथा सुविधा सरल, सुलभ र सहजरूपमा उपभोग गर्न सक्ने बताए ।

पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको  यस बैंककमा हालसम्म करिब १४ लाख ग्राहकहरू रहेका छन् । बैंकले देशै भरी १२८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरू, १६४ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  २ : ३४ बजे

राप्रपाको समानुपातिक सूचीः जुम्लामा पहिलोपटक दलित उम्मेदवार समानुपातिक शीर्षसूचीमा

जुम्ला– जुम्ला जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक दलित समुदायका उम्मेदवार प्रतिनिधि

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा