वामदेवलाई केपी ओलीको जवाफ : तपाईंमा एकताको भावना देखेँ, त्यसलाई अघि बढाऊँ « Khabarhub

वामदेवलाई केपी ओलीको जवाफ : तपाईंमा एकताको भावना देखेँ, त्यसलाई अघि बढाऊँ


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा विवाददेखि निष्क्रिय बसेका तत्कालीन उपाध्यक्ष वामदेव गौतमलाई पार्टीमा स्वागत गर्न सकिने संकेत गरेका छन् ।

‘सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’ विमोचन कार्यक्रममा आफूभन्दा पहिले बोलेका गौतमलाई जवाफ दिने क्रममा उनले यस्तो संकेत गरेका हुन् ।

वामदेवले ८ महिनाअघि च्यासलमा भएको वार्तामा ओलीले हाई लेभलको निर्णयबाट पार्टीमा स्वागत गर्ने बताएर अझैसम्म नबोलाएको गुनासो गरेका थिए । उनले विगतका गल्तीलाई लिएर आफू आत्मआलोचित हुन तयार रहेको बताउँदै एमालेमा जिम्मेवारी दिएर फर्काउन आग्रह गरेका थिए ।

‘वामदेव कमरेडले कतिपय कुराहरू उठाउनु भएको छ ।अहिले उहाँले उठाएका कुराबारे छलफल गर्ने यो थलो होइन । पछि हामी यसबारेमा छलफल गर्छौँ’, उनले भने, ‘वामदेवजीको जुन एकताको भावना छ, त्यो सकारात्मक छ, त्यस भावनालाई अघि बढाऊँ ।’

उनले वामदेव अहिले ‘राष्ट्रिय एकता महाअभियान’को अध्यक्ष रहेको भन्दै उनलाई अभियान सफलताको शुभकामनासमेत दिए ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ४ : ०४ बजे

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय

बाढीको कारण : हिउँ–चट्टानको हिमपहिरो

काठमाडौँ– रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा