केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित « Khabarhub

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि यहाँका केरा व्यवसायी उत्साहित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले व्यवसायीलाई केरा पकाउन अनुदानमा च्याम्बर निर्माण गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ देखि इकाइले चेम्बर अनुदानमा निर्माण गर्न थालेको हो । कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गनाका अनुसार कार्यालयले ६० देखि ८० प्रतिशतसम्म अनुदानमा केरा व्यवसायीका लागि केरा पकाउने चेम्बर निर्माण गरेको छ ।

अहिलेसम्म १२ वटा चेम्बर निर्माण भइसकेको ढुङ्गानाले जानकारी दिए । उनले भने, ‘केरा पकाउन सजिलो होस् र लामो समयसम्म राख्न सकियोस् भनेर अनुदानमा चेम्बर निर्माण गरिएको हो ।’

कार्यालयले अनुदानमा चेम्बर निर्माण गरेसँगै व्यवसायीले व्यक्तिगत लगानीमा समेत अहिले चेम्बर बनाएर केरा पकाउन थालेका छन् ।

ढुङ्गानाका अनुसार पाँच जना व्यवसायीले आफ्नै लगानीमा चेम्बर निर्माण गरेका छन् । कार्यालयले निर्माण गरेको च्याम्बरमध्ये एउटा रत्ननगरको तरकारी बजारमा र ११ वटा महानगर ताजा तरकारी तथा फलफूल बजारमा राखिएको उनले जानकारी दिए ।

यी च्याम्बरमा व्यवसायीले १५० कोसा केराको रु ३५ मा पकाउने गरेका छन् । रु नौ लाख ५० हजारको लागतमा एउटा चेम्बर निर्माण हुने ढुङ्गानाले बताए ।

खैरहनीका केरा व्यवसायी सागर भट्टराई चेम्बर निर्माण भएपछि केरा पकाउन औषधि राख्नु पर्ने बाध्यता टरेको बताए । ‘केरा पकाउन पहिला क्याल्सियम कारवोहाइट हाल्थ्यौँ । अहिले चेम्बरका लागि आवश्यक पर्ने इथेलिन मात्रै प्रयोग हुने गरेको छ’, उनले भने, ‘पहिला केरा पकाएको तीन दिनभित्र बिक्री गरिसक्नुपर्ने हुन्थ्यो । अहिले एक सातासम्म बिक्री गर्न पाइन्छ ।’

च्याम्बरमा केरा पकाउँदा ‘जी नाइन’ केराको रङ समेत आकर्षक बन्ने गरेको व्यवसायी बाबुराम भट्टले बताए । उनले भने, ‘केराको डाँठ कुहिने जस्ता समस्याबाट अहिले हामीले मुक्ति पाएका छौँ । चेम्बरबाट आवश्यकता अनुसार दुईदेखि सात दिन लगाएर पकाउन सकिन्छ ।’

जिल्लामा २२ हजार पाँच सय हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा केरा खेती गरिँदै आइएको छ । यहाँ वार्षिक ५६ हजार चार सय ४८ मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ । यहाँको केराको बजार चितवनसहित काठमाडौँ, पोखरा, बुटवलसम्म रहेको किसान बताउँछन् ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ४ : ३१ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब