डढेलो निभाउने क्रममा जलेर ओखलढुंगामा आमाछोराको मृत्यु « Khabarhub

डढेलो निभाउने क्रममा जलेर ओखलढुंगामा आमाछोराको मृत्यु


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा – खरबारीमा लागेको डढेलो निभाउने क्रममा ओखलढुंगा सदरमुकामस्थित सिद्धिचरण नगरपालिका-२ मा आमाछोराले ज्यान गुमाएका छन् ।

डढेलोमा जलेर सिद्धिचरण नगरपालिका-१० बेतिनी निवासी ५५ वर्षीया पुण्यमाया धमला र उनका १६ वर्षीय छोरा कञ्चन धमलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिष्टार सिंहले बताए ।

खरबारीबाट आएको डढेलोबाट खरको थुप्रो जोगाउने क्रममा उनीहरू जलेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको सिंहले जानकारी दिए ।

घटनालाई लिएर नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले दु:ख व्यक्त गरेका छन् । ‘ओखलढुंगाको सिद्धिचरण नगरपालिका-१० बेतिनीस्थित बाहुनडाँडाको खरबारीमा लागेको डढेलो निभाउने क्रममा ५५ वर्षीय पुण्यमाया धमला र उनका छोरा १६ वर्पीय कञ्चन धमलाको घटनास्थलमै आगलागी भएर मृत्यु भएको खबरले स्तब्ध छु’, उनले भनेका छन्, ‘ओखलढुंगाका विभिन्न ठाउँमा आगलागी भइरहेकाले नियन्त्रणका लागि स्थानीय जनसमुदाय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबल जुट्दा पनि नियन्त्रणबाहिर गएकोले सजग पनि रहन अनुरोध गर्दछु ।’

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ७ : ११ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण