घरमा आगलागी हुँदा सात लाख बढीको क्षति | Khabarhub Khabarhub

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको क्षति भएको छ। आदर्श गाउँपालिका–३ भकुण्डाका तुलाराम भट्टको घरमा आगलागी भएको हो।

२ तले ४ कोठे ढुङ्गामाटो, काठले बनेको पत्थरले छाएको घरमा गोठको बाहिर आंगनमा बालेको आगोबाट आगलागी भएको हो। आगलागीबाट २ वटा गोरु, १ वटा गाई र २ वटा बाख्रा जलेर मरेका छन्।

साथै घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा,भाडा वर्तनलगायतका सामानहरू जलि अन्दाजी ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ८ : १३ बजे

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत