खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ?  « Khabarhub

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


23.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग जोडिएका हुन्छन् । ती संस्कारहरू कुनै न कुनै तवरले रहनसहन, भौगोलिक बनावट, समयसापेक्ष अनुसार प्रभावित भएका हुन्छन् ।  

हाम्रा पुर्खाहरूले पालना गर्दै आएका धेरै संस्कारहरू रूढिवादी हैन, समयसापेक्ष वैज्ञानिक आधारहरू थिए भन्ने केही संस्कारहरूको मूल्य मान्यताहरूले दर्साउँछ । 

हामी धेरैले देख्दै आएको छौँ  कि परिवारका अग्रज व्यक्तित्वहरूले खाना खानुअघि थाल वरिपरि पानीको घेरा छरेर भात चढाउने गरेको । यसलाई अप्सनी भन्ने गरिन्छ । यस्तो किन गरिन्छ त यसको कारण बारे धेरैलाई जानकारी नहुन सक्छ । आज हामी यसैका बारेमा चर्चा गर्ने छौँ कि यो किन गरिन्छ त रु 

परम्परागत रूपमा अन्नलाई पनि देवी मानेर खाना खानु अगाडि ढोगेर आफ्ना देवी देवता र पितृलाई चढाउने गरिन्छ । 

धेरै जसो ग्रामीण नेपाली समाजमा घर आँगनमा गाईबस्तु, कुखुरा, हाँस पालेका हुन्छन् । धेरै जसोको जीवनशैली हिलो माटो, खेतीपाती, गाईबस्तु जस्ता परिवेशमा हुर्केका हुन्छन् । र आफ्नो वरपर आँखाले नदेखिने साना साना कीटाणुहरू रहेका हुन्छन् ।

यिनै कीटाणुहरूबाट बच्न हाम्रो समाजमा खाना खाँदा थाल वरिपरि पानीको घेरा बनाइ भात छर्केर चढाउने गरिन्छ, ताकी ती कीटाणुहरू पानीको घेरा तोडेर खानासम्म आइ नपुगोस् र खाना खाउन्जेल ती कीटाणुहरू तिनै छर्केको भातमै अलमलिएर बसोस् । 

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ६ : ४८ बजे

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– सांसदले दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्य वृद्धि र कालोबजारी

बालेनको पहलले नबढेको सेयर बजार, स्वर्णिमको कार्ययोजनाले बढ्यो

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र चलायमान बनाउन श्रृंखलाबद्ध छलफल तथा

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर