सुनिता विलियम्सको तेस्रो अन्तरिक्ष यात्रा स्थगित, यस्तो छ कारण « Khabarhub

सुनिता विलियम्सको तेस्रो अन्तरिक्ष यात्रा स्थगित, यस्तो छ कारण


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनिता विलियम्सको अन्तरिक्षमा तेस्रो मिसन प्रक्षेपण हुनु केही घण्टा अघि प्राविधिक समस्याका कारण स्थगित भएको छ ।

भारतीय मूलकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो पटक अन्तरिक्षमा उड्नका लागि पूर्ण रूपमा तयार थिइन् । सुनिताले मंगलबार बुच विल्मोरसँग नयाँ अन्तरिक्ष यान बोइङ स्टारलाइनरमा उडान भरेकी थिइन् ।  तर प्रक्षेपणको केही घण्टा अगाडि नै प्राविधिक समस्याका कारण मिसन तत्कालका लागि स्थगित गरिएको थियो । उनले पहिलो पटक सन् २००६ मा र दोस्रो पटक २०१२ मा उडान भरेकी थिइन् ।

हाल यो मिसन प्रक्षेपणको लागि कुनै नयाँ मिति घोषणा गरिएको छैन । जानकारीका अनुसार यो उडान युनाइटेड लन्च एलायन्स एटलस भी रकेटबाट मे ७ अर्थात् आज बिहान ८ : ०४ बजे फ्लोरिडास्थित केप क्यानाभेरल स्पेस फोर्स स्टेशनको स्पेस कम्प्लेक्स–४१ बाट प्रक्षेपण गरिएकाे थियो ।

नासाका अनुसार सुनिताले कूल ३२२ दिन अन्तरिक्षमा बिताएकी छन् ।

बोइङका अनुसार क्रु स्पेस ट्रान्सपोर्टेशन (सीएसटी)-१०० स्टारलाइनर स्पेसक्राफ्ट सात यात्रुका लागि डिजाइन गरिएको हो । यसमा चालक दलका सदस्यहरू र सामानहरू पनि समायोजन र बोक्न सकिन्छ । यसलाई बनाउन १० वर्षभन्दा बढी समय लाग्यो ।

नासाका अनुसार प्यारासुट र एयरब्यागको सहयोगमा चालक दलको क्याप्सुल दक्षिणपश्चिमी संयुक्त राज्य अमेरिकामा अवतरण गर्नु अघि अन्तरिक्ष यात्रीहरूले प्रयोगशालामा करिब एक हप्ता बिताउनेछन् ।

नासाले सन् १९८८ मा सुनिता विलियम्सलाई अन्तरिक्ष यात्रीका रूपमा चयन गरेको थियो र उनीसँग दुई वटा अन्तरिक्ष अभियानको अनुभव छ । उनले एक्सपेडिसन ३२ को फ्लाइट इन्जिनियर र एक्सपिडिसन ३३ को कमाण्डरको रूपमा काम गरिन् ।

समाचार श्राेत : दैनिक भास्कर/एनडीटिभी इन्डिया 

याे पनि…
अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १२ : ५६ बजे

झापा–५ मा कडा सुरक्षा, शान्तिपूर्ण मतदान जारी

काठमाडौं– सुरक्षाको दृष्टिले संवेदनशील मानिएको झापा–५ मा कडा सुरक्षाबीच शान्तिपूर्ण

सर्लाही-४ मा रोकिएको मतदान सुचारु

काठमाडौं– सीडीओ र प्रहरी प्रमुख त्यहीँ बसेपछि सर्लाही ४ मा

यो चुनाव जित्नेलाई जितुका चार कुरा !

काठमाडौं – कलाकार जितु नेपालले मतदान गरेपछि यो चुनावबाट सरकारमा

दुवै पूर्वराष्ट्रपतिले खसाले मत

काठमाडौं– मुलुकका दुई मात्रै पूर्वराष्ट्रपतिहरूले मतदान गरेका छन् । प्रतिनिधिसभाको

नायिकाहरूले गरे मतदान

काठमाडौं – नायिकाहरू रेखा थापा, केकी अधिकारी, नीता ढुंगाना, ऋचा