रास्वपाको निष्कर्ष : कांग्रेसले कसैको इशारामा राजनीतिक अस्थिरता निम्त्याउन खोज्यो « Khabarhub

रास्वपाको निष्कर्ष : कांग्रेसले कसैको इशारामा राजनीतिक अस्थिरता निम्त्याउन खोज्यो


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजनीतिक अस्थिरता निम्त्याउन खोजेको निष्कर्ष निकालेको छ ।

मंगलबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले अरु कसैको इशारामा संसद्‍लाई सहज ढंगले चल्न नदिएर कांग्रेसले मुलुकमा अस्थिरता निम्ताउन खोजेको निष्कर्ष निकालेको हो ।

बैठकपछि रास्वपा सह-प्रवक्ता मनिष झाले विभिन्न मुद्दा लागेका आफ्ना सांसदहरूलाई चोख्याएर सदन छिराउने प्रयास गर्ने कांग्रेसका उजुरी नै नपरेको व्यक्ति (रवि लामिछाने) लाई लखेटिरहेको बताएका छन् ।

झाले कांग्रेसको उक्त कदमले मुलुकलाई अस्थिरतातर्फ धकेलिरहेको पनि बताएका छन् ।र

उनले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नहुनेमा पार्टी प्रष्ट रहे प्रष्ट पारे । तर पनि यसबारेमा सत्तापक्षीय गठबन्धनले गर्ने सर्वदलीय निष्कर्षलाई स्वीकार्न सकिने धारणा राखे ।

बैठकमा यही वैशाख २८ गतेदेखि सुरु हुने संसद्को आगामी अधिवेशनको तयारी र नयाँ बजेटबारे पनि छलफल भएको झाले जानकारी दिएका छन् ।

बैठकमा पार्टी सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए ।

कांग्रेसले अहिलेको सत्ता गठबन्धनमा संकट ल्याउने प्रयास गरेको पनि ब्रिफिङ बैठकमा गरे ।

लामिछानेले देश र जनतालाई केन्द्रमा रहेर पार्टीकातर्फबाट सरकारका मन्त्रीहरूले त्यही अनुसारको नीति, कार्यक्रम र बजेटमा ध्यान केन्द्रित गर्नुपर्ने निर्देशन पनि दिए ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १ : ३१ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा