रास्वपाको निष्कर्ष : कांग्रेसले कसैको इशारामा राजनीतिक अस्थिरता निम्त्याउन खोज्यो | Khabarhub Khabarhub

रास्वपाको निष्कर्ष : कांग्रेसले कसैको इशारामा राजनीतिक अस्थिरता निम्त्याउन खोज्यो


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजनीतिक अस्थिरता निम्त्याउन खोजेको निष्कर्ष निकालेको छ ।

मंगलबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले अरु कसैको इशारामा संसद्‍लाई सहज ढंगले चल्न नदिएर कांग्रेसले मुलुकमा अस्थिरता निम्ताउन खोजेको निष्कर्ष निकालेको हो ।

बैठकपछि रास्वपा सह-प्रवक्ता मनिष झाले विभिन्न मुद्दा लागेका आफ्ना सांसदहरूलाई चोख्याएर सदन छिराउने प्रयास गर्ने कांग्रेसका उजुरी नै नपरेको व्यक्ति (रवि लामिछाने) लाई लखेटिरहेको बताएका छन् ।

झाले कांग्रेसको उक्त कदमले मुलुकलाई अस्थिरतातर्फ धकेलिरहेको पनि बताएका छन् ।र

उनले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नहुनेमा पार्टी प्रष्ट रहे प्रष्ट पारे । तर पनि यसबारेमा सत्तापक्षीय गठबन्धनले गर्ने सर्वदलीय निष्कर्षलाई स्वीकार्न सकिने धारणा राखे ।

बैठकमा यही वैशाख २८ गतेदेखि सुरु हुने संसद्को आगामी अधिवेशनको तयारी र नयाँ बजेटबारे पनि छलफल भएको झाले जानकारी दिएका छन् ।

बैठकमा पार्टी सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए ।

कांग्रेसले अहिलेको सत्ता गठबन्धनमा संकट ल्याउने प्रयास गरेको पनि ब्रिफिङ बैठकमा गरे ।

लामिछानेले देश र जनतालाई केन्द्रमा रहेर पार्टीकातर्फबाट सरकारका मन्त्रीहरूले त्यही अनुसारको नीति, कार्यक्रम र बजेटमा ध्यान केन्द्रित गर्नुपर्ने निर्देशन पनि दिए ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १ : ३१ बजे

इरानबाट २९२ नागरिक लिएर भारतीय विमान दिल्लीमा अवतरण 

नयाँ दिल्ली– इरानबाट २९२ भारतीय नागरिक लिएर एक विमान मङ्गलबार

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

विदेशमा सीप सिकेर स्वदेशमा उद्यमी

भोजपुर– भोजपुरका युवाहरूमा पछिल्लो समय सीप सिकेर स्वरोजगार बन्ने लहर

देशभरका ७५३ स्थानीय तहले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौं– देशभरका ७५३ स्थानीय तहले मङ्गलबार आगामी आर्थिक वर्ष २०८२–०८३

यू-१६ टिमका शुभम खनालले लिए पाँच विकेट : जापान नेपालसँग ८० रनमा समेटियो

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट