संसदीय दलमा रविको ब्रिफिङ : मलाई घेरेर कांग्रेसले सत्ता गठबन्धन फुटाउन खोज्यो | Khabarhub Khabarhub

संसदीय दलमा रविको ब्रिफिङ : मलाई घेरेर कांग्रेसले सत्ता गठबन्धन फुटाउन खोज्यो


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय दलको मंगलबार बसेको बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन् ।

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानले देशको पछिल्लो राजनीतिक अवस्था र आफूमाथि नेपाली कांग्रेसले संसद्‍मा गरिरहेको घेराबन्दीबारे सांसदहरूलाई ब्रिफिङ गरेका हुन् ।

ब्रिफिङका क्रममा सभापति लामिछानेले २०८० फागुन २१ गतेदेखि प्रमुख प्रतिपक्षी बेन्चमा पुगेको कांग्रेसले आफूलाई घेराबन्दी गरेर सत्ता गठबन्धनमा संकट ल्याउन खोजेको बताएका छन् ।

‘कांग्रेसले अहिलेको सत्ता गठबन्धनमा संकट ल्याउने प्रयास गरिरहेको छ’, उनले बैठकमा ब्रिफिङ गर्दै भने, ‘हामी अहिले देश र जनतालाई केन्द्रमा राखेर काम गरिरहेका छौँ । तर कांग्रेसले अस्थिरता ल्याउन खोजेको छ ।’
उनले पार्टीका तर्फबाट सरकारका रहेका मन्त्रीहरूले देश र जनतालाई केन्द्रमा राखेर त्यहीअनुसारको नीति, कार्यक्रम र बजेटमा ध्यान केन्द्रित गर्नुपर्ने पनि बताएका छन् ।

लामिछानेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूलाई लखेटेर राजनीतिक अस्थिरता निम्त्याउन खोजेको निष्कर्ष सुनाउँदै यस कुरामा सबै सांसद र नेताहरूलाई सजग र सचेत हुन पनि भनेका छन् ।

रास्वपा संसदीय दलको बैठकले अरु कसैको इशारामा संसद्‍लाई सहज ढंगले चल्न नदिएर कांग्रेसले मुलुकमा अस्थिरता निम्ताउन खोजेको निष्कर्ष पनि निकालेको सह-प्रवक्ता मनिष झाले बताएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १ : ३९ बजे

टप एन्ड टी-२० सिरिज : नेपालले लगातार दोस्रो जित निकाल्दा सोमपालले झारे ५ विकेट

काठमाडौँ– अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो

अनि जुद्ध शमशेरले गिरिजाप्रसादलाई सोधे, ‘ह्वाट इज योर नेम ?’

इतिहासमा भएका कतिपय गम्भीर घटना भित्र पनि रोचक पाटाहरू लुकेका

कराचीमा भारी वर्षा, आठ जनाको मृत्यु

काठमाडौं– पाकिस्तानको कराची सहरमा वर्षाजन्य कारणले भएका दुर्घटनामा परी आठ

मुख्यमन्त्री कार्कीले भने- मानवअधिकार संरक्षण र संवर्द्धन गर्न जिम्मेवारीपूर्वक कार्य गर्नुपर्छ 

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवअधिकारको संरक्षण र संवर्द्धन

कुनै किसिमको अपराध सैह्य हुने छैन : मुख्यमन्त्री शाह

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अपराध नियन्त्रणमा कसैले पनि