अन्तिम २ मिनेटमा बढ्यो शेयर बजार, कारोबार २ अर्ब माथि  « Khabarhub

अन्तिम २ मिनेटमा बढ्यो शेयर बजार, कारोबार २ अर्ब माथि 


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) अन्तिम २ मिनेटमा बढेको छ । नेप्से लगभग बन्द हुनुभन्दा २ मिनेट अगाडि घटेको नेप्से बजार बन्द हुँदा २.०६ अंकले बढेको छ ।

आज नेप्से ०.१० प्रतिशतले बढेर १९६०.८१ बिन्दुमा कायम भएको छ । मंगलबार २ अर्ब १४ करोड ५ लाख रुपैयाँ बराबरको ५० लाख ६४ हजार ३८ कित्ता शेयर ३८ हजार २१४ पटक किनबेच भएको छ ।

आज ३१४ कम्पनीको शेयर किनबेच हुँदा १२० कम्पनीको शेयर मूल्य बढ्यो भने ११४ कम्पनीको शेयर मूल्य घटेको छ । ११ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

मंगलबार सेन्सेटिभ इन्डेक्स १.७७ अंकले, फ्लोट इन्डेक्स ०.०९ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४३ अंकले बढेको छ । १३ वटा उपसमूहमध्ये विकास बैंक, लघुवित्त, उत्पादन र अन्य कम्पनीको शेयर बढेको छ भने अन्य ८ समूह घटेको छ ।

आज हिमालयन लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी पोखरा फाइनान्सको कारोबार भएको छ । पोखराको ८ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख २९ हजार ९७१ कित्ता शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ३ : २० बजे

कक्रोच आन्दोलनपछि भारतको राजनीति अब कता मोडिएला ?

काठमाडौं- भारतको राजनीतिमा विगत एक दशकभन्दा लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र

लगातार ८ वर्ष फ्लप र कान्ट्रोभर्सीपछि साम्राज्ञीले साइन गरिन् फिल्म

काठमाडौं – प्राइममा रहेका हिरो अनमोल केसीको नायिकाका रुपमा फिल्म

डलर साटिदिने भन्दै ठगी गरेको आरोपमा चारजना पक्राउ

काठमाडौं– डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार

लागूऔषधसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले आज लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।  पर्साको