अन्तिम २ मिनेटमा बढ्यो शेयर बजार, कारोबार २ अर्ब माथि  « Khabarhub

अन्तिम २ मिनेटमा बढ्यो शेयर बजार, कारोबार २ अर्ब माथि 


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) अन्तिम २ मिनेटमा बढेको छ । नेप्से लगभग बन्द हुनुभन्दा २ मिनेट अगाडि घटेको नेप्से बजार बन्द हुँदा २.०६ अंकले बढेको छ ।

आज नेप्से ०.१० प्रतिशतले बढेर १९६०.८१ बिन्दुमा कायम भएको छ । मंगलबार २ अर्ब १४ करोड ५ लाख रुपैयाँ बराबरको ५० लाख ६४ हजार ३८ कित्ता शेयर ३८ हजार २१४ पटक किनबेच भएको छ ।

आज ३१४ कम्पनीको शेयर किनबेच हुँदा १२० कम्पनीको शेयर मूल्य बढ्यो भने ११४ कम्पनीको शेयर मूल्य घटेको छ । ११ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

मंगलबार सेन्सेटिभ इन्डेक्स १.७७ अंकले, फ्लोट इन्डेक्स ०.०९ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४३ अंकले बढेको छ । १३ वटा उपसमूहमध्ये विकास बैंक, लघुवित्त, उत्पादन र अन्य कम्पनीको शेयर बढेको छ भने अन्य ८ समूह घटेको छ ।

आज हिमालयन लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी पोखरा फाइनान्सको कारोबार भएको छ । पोखराको ८ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख २९ हजार ९७१ कित्ता शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ३ : २० बजे

‘बालेन्द्र आएपछि केही चुनौती बढेको छ, झापा ५ मा हामी जित्छौँ’

काठमाडौं- यस पटको प्रतिनिधिसभाको निर्वानमा इपिक सेन्टर बनेको छ झापा

एनजीसीसीआई र केसीसीबीच उद्योग-शिक्षा सहकार्यका लागि समझदारी

काठमाडौं– नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कान्तिपुर

भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कँडेलको निर्देशन : रुग्ण आयोजनाको ठेक्का तोड्नुस्

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा