रविलाई लेखकले भने, ‘राम्रो नेता प्रश्नले घेरिनुहुँदैन, छानबिन समिति बन्नुपर्छ’  « Khabarhub

रविलाई लेखकले भने, ‘राम्रो नेता प्रश्नले घेरिनुहुँदैन, छानबिन समिति बन्नुपर्छ’ 


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कांग्रेसका प्रमुख प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति बन्नुपर्ने अडान कायमा राखेका छन् ।

उनले गृहमन्त्री शंकाको घेरामा रहेकोले गृहमन्त्री व्यक्ति मात्रै नभएको र उनी प्रश्न प्रश्नले घेरिन नहुने बताए ।

मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताहरूको बैठकपछि प्रतिक्रिया दिँदै लेखकले भने, ‘राम्रो नेता प्रश्नले घेरिनुहुँदैन । संसद् अवरोध गर्ने नगर्ने कुरा सरकार कसरी प्रस्तुत हुन्छ भन्ने कुरामा भर पर्छ । अब आजको बैठकपछि सरकार समिति बनाएर अघि बढ्नुपर्छ भन्ने पक्षमा उभिन्छ जस्तो लाग्छ ।’

यता रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संसद्मा गृहमन्त्रीलाई कांग्रेसले सहज रूपमा बोल्न दिने र समिति बनाउन थप संवाद हुने बताएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ४ : ०५ बजे

रास्वपाले आफ्ना सांसद र मन्त्रीबीच ‘पूर्व बजेट छलफल’ गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र मन्त्रीबीच आज ‘पूर्व बजेट’

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक

पोखरा महानगरका किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई यस वर्ष सात हजार ५०० किलोग्राम

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

भैरहवा– रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

साढे पाँच वर्षपछि नागढुंगा सुरुङमार्ग खुल्दै, ७ मिनेटमै धादिङ-काठमाडौँ यात्रा

काठमाडौँ – सरकारले आधा दशक लगाएर बनाएको सिस्नेखोला–नागढुङ्गा (२.६८८किलोमिटर) सुरुङमार्ग