ग्वाटेमालाका नयाँ राष्ट्रपति बने आलेहान्द्रो जियमात्तेयी « Khabarhub

ग्वाटेमालाका नयाँ राष्ट्रपति बने आलेहान्द्रो जियमात्तेयी


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ग्वाटेमाला सिटी– ल्याटिन अमेरिकी मुलुक ग्वाटेमालामा दक्षिणपन्थी धारका नेता आलेहान्द्रो जियमात्तेयी नयाँ राष्ट्रपति निर्वाचित भएका छन् ।

प्रारम्भिक नतिजा अनुसार उनले ५९ प्रतिशत मत ल्याएको तथा उनकी प्रतिद्वन्द्वी एवं पूर्व प्रथम महिला सान्ड्रा टोरेजले ४१ मत ल्याएका छन् ।

गत जुन महिनामा भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत भन्दा धेरै मत ल्याउन नसकेपछि सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेद्वारबीच चुनावी प्रतिस्पर्धा भएको हो । टोरेजले यसअघि पनि दुई पटक राष्ट्रपतिमा उम्मेद्वारी दिइसकेकी थिइन् भने जियमात्तेयी पनि यसअघि भएका तीन राष्ट्रपतीय निर्वाचनमा असफल भएका थिए ।

वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको तथा नयाँ राष्ट्रपति निर्वाचित भएपनि मुलुकमा कुनै उल्लेखनीय सुधार हुने सम्भावना नदेखेका ग्वाटेमालाका मतदाताको निर्वाचनमा सहभागीता भने अत्यन्त न्यून रहेको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । निर्वाचन अघि उनले अमेरिकासँग भएको विवादास्पद आप्रवासन सम्झौता परिवर्तन गर्ने घोषणा गरेका थिए ।

अर्को वर्षको शुरुमा राष्ट्रपतिको औपचारिक जिम्मेवारी सम्हाल्ने उनको कार्यकाल ४ वर्षको हुनेछ । वर्तमान राष्ट्रपति जिम्मी मोरालेजको कार्यकाल आगामी वर्ष सकिँदैछ । राष्ट्रपतिमा निर्वाचित भएलगत्तै उनले सम्बोधन गर्दै आफूलाई राष्ट्रपतिमा निर्वाचित गराउने सबै मतदातालाई धन्यवाद दिएका छन् ।

बढ्दो असुरक्षा, महङ्गी तथा बेरोजगारीका कारण आगामी राष्ट्रपतिको कार्यकाल निकै चुनौतिपूर्ण हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ५ : २९ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना