भ्रष्टाचार मुद्दा लागेका पूर्वनासु आचार्यले गरे आत्महत्या | Khabarhub Khabarhub

भ्रष्टाचार मुद्दा लागेका पूर्वनासु आचार्यले गरे आत्महत्या


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी जग्गा गैरकानुनी रुपमा व्यक्तिको नाम दर्ता गराएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएका कलंकी मालपोतका पूर्वकर्मचारी हरिप्रसाद आचार्यले आत्महत्या गरेका छन् ।

आफू ठूलो भ्रष्टाचारी नभएको भन्दै सुसाइड नोट लेखेर उदयपुर, त्रियुगा नगरपालिका–१० का ५५ वर्षीय पूर्वनायव सुब्बा आचार्यले शनिबार राति आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

अख्तियार प्रमुख नवीनकुमार घिमिरेको नाममा दुई पानाको सुसाइड नोट लेखी झुण्डिएर आत्महत्या गरेको डिएसपी हरिकृष्ण केसीले जानकारी दिए ।
आचार्यले लगाएको कपडाको गोजीमा ‘अख्तियार प्रमुख घिमिरेको आयु २०० वर्ष होस, म ठूलो भ्रष्टाचारी होइन’, लेखिएको सुसाइड दुई पानाको नोट फेला परेको हो ।

मालपोत कार्यालय कलंकीमा रहँदा भ्रष्टचार मुद्दा लागेपछि आचार्यले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । आचार्यले पूर्वगाविस सचिव, जिल्ला अस्पताल उदयपुर हुँदै जिल्ला जनस्वास्थ्य कार्यालय झापामा पनि काम गरेका थिए ।

झापाबाट मालपोत कार्यालय काठमाडौं कलंकी हुँदै उनी कर्मचारी समायोजनका क्रममा उदयपुरको त्रियुगा नगरपालिका पुगेका थिए । त्रियुगा नगरपालिका वडा नम्बर ४ को वडा सचिवका रूपमा काम गरेका आचार्यले वडाअध्यक्षसँग विवाद भएपछि राजीनामा दिएको वडा कार्यालयको भनाइ छ ।

मालपोत कार्यालय कलंकीमा रहँदा उनीसहित सातजनालाई सामुदायिक वनको जग्गा गैरकानुनी रूपमा सुयल हाउजिङ कम्पनीका नाममा श्रेस्ता खडा गरी पूर्जासमेत उपलब्ध गराएको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

आर्चायसहित सातजनाविरूद्ध विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान अयोगले गत जेठ १३ गते सामुदायिक वनको जंगल व्यक्तिका नाममा नामसारी गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो । अख्तियारले कलंकीका मालपोत अधिकृत शिवप्रसाद रिमाल र नायव सुब्बा हरिप्रसाद आचार्य, नक्कली जग्गाधनी मीनाकुमारी थापा, सुयल हाउजिङ्ग कम्पनीका सञ्चालक रामकुमार सुयल थापा, नक्कली जग्गाधनी मिनाकुमारी थापाको वारेस दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम (शर्मा) रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरूद्ध विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको थियो ।

यस्तो छ, सुसाइड नोट

‘मेरो नाममा पुराण लगाउने काम नगर्नु, नउक्साउनु, मलाई सबैले नराम्रो देख्लान् । तर, पारिवारिक वातावरण मिलाउन सकिनँ । कामबाट चोखिने काम मात्र गर्नु, मैले काम गर्दा भएको गल्ती हो । गल्ती स्वीकार गरी नेपाल सरकारलाई बताइसकेको थिएँ । ममीले छोराहरूसँग र सासुसँग मिलेर बस्नु र छोराले पनि ममीलाई राम्रो गर्नु । म विदा भएँ । खातामा पैसा छ । श्रीमती केही जान्दिन । साथीभाइले मनैले सहयोग गर्नु, मलाई बस्नेतको आँपगाछी हुँदै जंगलमा खोज्नु । कान्छो छोराको ब्याचलर सकेको हेरुलाँ भनेको थिएँ, सकिनँ, पापी भएँ । वाणिज्य बैंक, नेपाल बैंक, एनसिसी बैंक, एनआइसी बैंकमा के कति पैसा छ, चेक दराज भित्र सानो ब्यागमा छ । अन्यमा पैसा भए पनि कमै छ ।’

त्यसअघि उनले लेखेका छन्, ‘वीरेन्द्र काकालगायत छिमेकीले भैंसी, खसी तह लगाइदिनु । आमा, साहिँली बुहारी र भतिजाले सुरक्षा गर्नु । सतिले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन । तर म देशको ठूलो भ्रष्टचारी भएँ ।’

प्रहरीका अनुसार मृतक आर्चायको सुसाइड नोटमा अगाडि लेखिएको छ, ‘अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस् । मजस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा छ, रमेश भाइ काठमाडौंले सहयोग गर्नु । सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाडौं बस्नु । गोमाले रंंगिन लुगा लगाउनु, १३ औँ दिनमा सबै फुकाउनु ।’

नेपाल निजामती कर्मचारी संगठन उयपुरका पूर्वकोषाध्यक्षसमेत रहेका आचार्यले लेखेका छन्, ‘संगठनका साथीहरूले मेरो योगदानको कदर गर्दै सहयोग गरिदिनु होला ।’

२५ गते शनिबार बेलुका ६ बजे सुसाइड नोट लेखी घरबाट बाहिरिएका आचार्यले अन्तमा लेखेका छन्, ‘आफन्तले भैंसी, खसी जतिमा हुन्छ त्यतिमा बिक्री गरी सहयोग गरिदिन आग्रह गर्दछु ।’

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ५ : ४८ बजे

इजरायलसँगको युद्धपछि चिनियाँ जे–१०सी लडाकु विमान किन्ने इरानको तयारी

काठमाडौं– गत महिना, जब दर्जनौँ इजरायली र अमेरिकी युद्धक विमानहरूले

श्रीमती बचाउन गएका खड्कलालको करेन्ट लागेर मृत्यु

बाँके–  बैजनाथ गाउँपालिका-२ कलरामपुर स्याली गाउँ बस्ने ७३ वर्षीय खड्कलाल जैसीको करेन्ट

बुटवल-नारायणगढको दाउन्ने खण्ड शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढको १४ किलोमिटर दाउन्ने खण्डमा

शेखरलाई साथ दिँदै विनोद चौधरीलाई गुरू घिमिरेको ८ बुँदे ‘काउन्टर’

काठमाडौं- डलर अर्बपति विनोद चौधरीले नेपाली कांग्रेसका नेता डा. शेखर

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मकवानपुर– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मनहरी गाउँपालिका-१ मकरी बस्ने