सम्भावित रणनीति तय गर्न देउवाले पार्टी पदाधिकारीलाई बूढानीलकण्ठ बोलाए « Khabarhub

सम्भावित रणनीति तय गर्न देउवाले पार्टी पदाधिकारीलाई बूढानीलकण्ठ बोलाए


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

जनता समाजवादी पार्टी विभाजनपछिको राजनीतिक अवस्था र शुक्रबारदेखि सुरु हुने संसद्को बजेट अधिवेशनबारे रणनीति तय गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई बूढानीलकण्ठ बोलाएका छन् ।

देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठक बोलाएर नयाँ रणनीति तय गर्न लागेका हुन् । निजी निवास बूढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बुधबार दिउँसो २ बजेदेखि बस्दै छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संसदको अधिवेशन लगायतबारे छलफल हुने एकजना पदाधिकारीले जानकारी दिएका छन् ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्‍दै संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ ।

मंगलबार सभामुख देवराज घिमिरेको पहलमा बसेको शीर्ष नेतासहित संसद्‍का प्रमुख दलहरूको बैठकमा पनि कुरा मिल्न सकेको थिएन ।

कांग्रेसले सहकारी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बन्नै पर्ने अडान राखेको छ ।

उता रास्वपाले भने राज्यका कुनै पनि निकाय र अंगबाट अभियोग नलागेको अवस्थामा संसदीय समिति बनाउने कुरा कुनै हालतमा नस्वीकार्ने अडान लिएको छ ।

यी दुई दलको विवादका कारण आगामी आर्थिक वर्षको बजेटका लागि बोलाइएको संसद्को बर्खे अधिवेशन नै प्रभावित हुने जोखिम देखिएको छ ।

मंगलबार सर्वदलीय बैठकमा अडान नछाडेको कांग्रेसले बूढानीलकण्ठबाट सम्भावित रणनीति तय गर्दैछ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  २ : ०८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना