आजको मौसम : चट्याङ-हावाहुरीसहित वर्षा  « Khabarhub

आजको मौसम : चट्याङ-हावाहुरीसहित वर्षा 


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

हाल देशभर आंशिक देखि साधारणतया बदली  रही  कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरू तथा बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन-चट्याङ-हावाहुरी सहित  हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश , मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा साथै बाँकी तराईका एक-दुई स्थानमा मेघगर्जन-चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

त्यस्तै राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती  प्रदेश र गण्डकी प्रदेशका  थोरै स्थानहरूमा साथै बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन-चट्याङ-हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ६ : २५ बजे

पशु रोग नियन्त्रणका लागि नयाँ विधेयक राष्ट्रियसभामा

काठमाडौं– राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’  पेस भएको

देउवा साउन २६ गते हङकङबाट नेपाल फर्किने

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा यही साउन २६ गते

रूस-युक्रेन ड्रोन युद्धको असर : अमेरिकाको इन्डियानामा ऊर्जा आपतकाल घोषणा

मस्को- अमेरिकाको इन्डियाना राज्यका गभर्नर माइक ब्राउनले रूस-युक्रेन युद्धसँग सम्बन्धित

ट्रम्प भन्छन् : अमेरिकासँग प्रशस्त हतियार छ, म मान्छे मार्न चाहन्नँ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग ठूलो मात्रामा हतियार मौज्दात

दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न

दाङ– दाङमा आजसम्म कुल ९४ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ