२ सय १८ किलो ५ सय ग्राम गाँजासहित दुई जना पक्राउ « Khabarhub

२ सय १८ किलो ५ सय ग्राम गाँजासहित दुई जना पक्राउ


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले मोरङ र पर्साबाट २१८ किलो ५ सय ग्राम गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

मोरङको जहदा गाउँपालिका-३ हातिबन्दाबाट २ सय १८ किलो गाँजासहित स्थानीय ३४ वर्षीय भगवान किस्कुलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानस्थित मकैबारीमा गाँजा लुकाइराखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मार्दा उक्त परिमाणको गाँजा बरामद भएको हो ।

उता पर्साको कालिकामाई गाउँपालिका-३ हरिहरपुर बिर्ता बस्ने २३ वर्षीय अखलेश महतो केवटलाई प्रहरीले ५ सय ग्राम गाँजासहित बुधबार साँझ पक्राउ गरेको छ ।

केवटले आफ्नै गोठमा गाँजा लुकाएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कालिकामाई र इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले गोठमा तलासी गरे बरामद गरेको हो ।

 

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  १२ : १८ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण