कोशीमा हिक्मत कार्कीलाई जसपा सांसदको पनि समर्थन | Khabarhub Khabarhub

कोशीमा हिक्मत कार्कीलाई जसपा सांसदको पनि समर्थन


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशमा नयाँ संविधानको धारा १६८ को उपधारा ५ दोस्रो पटक प्रयोग हुँदा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई जनता समाजवादी पार्टीले पनि समर्थन गरेको छ ।

बिहीबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको हस्ताक्षरसहित उपधारा ५ बमोजिम नयाँ सरकारमा दाबी गरेका कार्कीलाई आफ्नो समर्थन रहेको जसपा सांसद निर्मला लिम्बूले खबरहबलाई बताइन् ।

निर्मला कोशीमा ताप्लेजुङबाट समानुपातिकमा निर्वाचित जसपाक एक मात्रै सांसद हुन् ।

‘हिक्मत कार्कीलाई मेरो समर्थन छ । सरकारको दाबीमा हस्ताक्षर नभए पनि नयाँ बन्ने सरकारसँगै रहनेछु’, उनले खबरहबलाई भनिन्, ‘नयाँ समीकरणमै रहेर अघि बढ्ने यो मेरो व्यक्तिगत निर्णय हो ।’

जसपा सांसद लिम्बूले समर्थन गरेसँगै हिक्मत कार्कीको पक्षमा उभिने सांसदको संख्या ५३ पुगेको छ ।

यसअघि नेकपा एमालेका ३९ र नेकपा माओवादी केन्द्रका १३ सहित ५२ जना सांसदले हस्ताक्षर दिएर प्रदेश प्रमुखकहाँ सरकारको दाबी गरिएको छ ।

कतै छैन

यसैबीच आइतबार विभाजित भएको जसपा नेपालका कुनै समूहतिर आफू खुलिनसकेको लिम्बूले बताइन् ।

उनले आफूलाई अहिले नै त्यसबारे प्रश्न नगर्नसमेत भनिन् । ‘यसबारेमा मलाई अहिले केही नभन्नु होला, यो मेरो व्यक्तिगत निर्णय हो,’ उनले भनिन्, ‘अहिलेलाई म जसपामै छु । थप निर्णय आवश्यकअनुसार लिनेछु ।’

आइतबार अशोक राईसहित ७ संघीय सांसदले पार्टी फुटाउँदाको असर प्रदेशमा पनि परेको छ ।

जसपा विभाजित हुँदा तीन धार देखिएका छन् । एउटा उपेन्द्र यादव नेतृत्वको, अर्को अशोक राई नेतृत्वको र अर्को पहिचान पक्षधर धार निस्किएको हो ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  १२ : ५८ बजे

प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल हुँदै

काठमाडौं– लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष

पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कास्की– पोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)को भौतिक प्रगति ४३ दशमलव

धन प्राप्तिअघि देखिन्छन् यी पाँच विशेष सङ्केत 

काठमाडौं– वास्तुशास्त्रका अनुसार जीवनको सकारात्मक ऊर्जासँग जोडिएका केही सङ्केतहरू छन् ।

विधायन व्यवस्थापनसहित दुई समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका विभिन्न दुई समितिको बैठक आज बस्दैछ ।

कतारमा वार्ता हुँदै गर्दा गाजाको राहत वितरणमा इजरायलको अवरोध

गाजा – सोमबार कतारमा गाजा क्षेत्रमा युद्ध विरामका लागि वार्ता